ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थायी कमिटी बैठक : नेताहरू बैठक सुचारू हुनुपर्ने भन्दै बालुवाटार पुगे


एबीसी न्यूज

काठमाडौँ, १३ साउन ।  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार ११ बजेका लागि तय भएको बैठक स्थगित गरेको सूचना जारी गरे पनि नेकपाका शीर्ष नेतासहित स्थायी समिति सदस्यहरु बालुवाटार पुग्ने क्रम जारी छ।

बालुवाटारमा रहेका एक नेताका अनुसार साढे ११ बजेसम्म १२ जना नेता बालुवाटार प्रवेश गरिसकेका छन्।

प्रधानमन्त्री ओली बिहान ११ बजेका लागि डाकिएको बैठक स्थगित गरेका थिए। तर प्रचण्ड–नेपाल पक्षका नेताहरू भने बैठक सुचारू हुनुपर्ने भन्दै बालुवाटार पुगेका छन्।

प्रचण्ड, बरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेलसहित अन्य स्थायी समिति सदस्यहरू बैठक हलमै छन्।

हामी १५–२० जान साथीहरू बैठकस्थल मै छौं। बैठक स्थगित भएको जानकारी छैन, प्रवक्ता श्रेष्ठले बताउनु भयो ,हामी बैठकको पर्खाइमा छौं। उहाँले  भन्नुभयो ,

मंगलबार ११ बजेका लागि तय भएको बैठक साढे १० बजे अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड नआएपछि बैठक स्थगित भएको प्रधानमन्त्री निकट स्रोतको दाबी छ।

प्रचण्ड निकट स्रोतले भने दुई अध्यक्षबीचमा फोनमा कुराकानी भइरहेको तर एकतर्फी बैठक स्थगित गरिएको दाबी गरेको छ।

दुई अध्यक्षबीच निरन्तर कुराकानी भइरहेको थियो। हामी बालुवाटार जाने तयारीमै थियौं, प्रचण्ड निकट स्रोतले भन्यो, हामीलाई जानकारी नदिइकन बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ, हामीलाई आधिकारिक जानकारी दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com