ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चियामा फेरि विवाद : उद्योगीको छवि गिराएको आरोप


shreedhar Gautam

इलाम, ७ साउन । ‘सदावाहर’जस्तो चलिरहने चिया विवाद फेरि बल्झिएको छ । केही महिना अघि मात्र शुरु भएको किसान–उद्योगी विवाद साम्य हुन नपाउँदै यहाँस्थित सूर्योदय नगरपालिकामा अर्को विवाद चर्केको छ ।

केही दिनअघि नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, नगरपालिकाको चिया शाखा सचिवालय संयोजक देवेन्द्र शर्मा, चिया तथा कफी बोर्डका प्रमुखसहितको टालीे उद्योगमा पुगेर अनुगमन गरेपछि विवाद बाहिरिएको हो । नगरपालिकाले बनाएको दुई वर्षअघिको चिया मापदण्ड कार्यान्वयन भएको÷नभएको बुझ्न उद्योग गएको अनुगमन टोलीले आफूहरूको आँच आउने काम गरेको भन्दै उद्योगीले आपत्ति जनाएका छन् ।

नगरपालिकाको कार्यविधिमा किसानको हरियो चियापत्तीको मूल्य प्रति किलो रु ४० न्यूनतम दिनुपर्ने प्रावधान कार्यान्वयनमा आएको÷नआएको जानकारी लिन अनुगमन गरिएको थियो तर, न्यूनतम मापदण्ड पूरा नभएको भन्दै नगरपालिकाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि उद्योगीले आफूहरूको इज्जतमाथि आँच आउने काम गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उद्योगीको सङ्गठन सूर्योदय टी प्रोडक्सन एशोसिएशनले विज्ञप्ति निकाल्दै अनुगमनका क्रममा उद्योगी, मजदूर र किसानबीच ‘असामान्य परिस्थिति सिर्जना गरेको’ बताइएको छ । “उद्योग परिसरमा किसान, मजदूर भेला गराई नगरपालिकाले अभद्र व्यवहार गरेको”, एशोसिएशनबाट निकालिएको विज्ञप्तिमा भनिएको छ ।

नगरपालिकाले भने एशोसिएशनमार्फत सञ्चालित उद्योगले मापदण्डअनुसार काम नगरेको र त्यसबारेमा आफूहरूले सचेतना जगाइएको बताएको छ । नगरपालिकाले बनाएको मापदण्ड उद्योगले कार्यान्वयन नगराएको भन्दै किसानले आन्दोलन गर्दै आएका थिए । उद्योगीले विभिन्न बाहनामा किसानको चियाको मूल्य ‘अत्यन्तै कम्ती’ दिने गरेको किसानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com