ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल उद्योग वाणिज्य महासंघलाई लाग्यो चुनाव, वरिष्ठ उपाध्यक्षको लागि ढकाल र प्रधानबीच प्रतिस्पर्धा


एबीसी न्यूज
श्रावण १, २०७७ बिहीबार  १ : १० बजे

काठमाडौं, १ साउन । तीन महिना लकडाउनका कारण शान्त रहेका उद्योगी ब्यवसायीहरु यति बेला नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहोलले तातेका छन । महासंघको प्रमुख पद वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यालनको आफनो टिम घोषणा गर्दै चुनावी मैदानमा उत्रिएका हुन ।

यसअघि २०७६ चैत २८ र २९ गते हुने भनिएको चुनाव कोरोना महामारीको स्थगित भई साउनको २६ र २७ मा हुन लागेको हो । चुनावको मिति नजिकिंदै गर्दा उमेद्वारहरुको प्यानल घोषणा भइसकेको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको विधान अनुसार स्वतः अध्यक्ष बन्ने भएकै कारण अध्यक्षबाहेक अन्य पदका लागि निर्वाचन हुन लागेको हो । महासंघको वरिष्ठ उपाध्यक्ष, एशोसिएट्स, वस्तुगत र जिल्ला र नगरतर्फ गरी तीनजना उपाध्यक्ष तथा ६५ जना कार्यकारिणी सदस्यका लागि निर्वाचन हुन लागेको हो । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन । ढकाल हाल एशोसिएट्स तर्फका उपाध्यक्ष हुन् भने प्रधान जिल्ला र नगरतर्फका उपाध्यक्ष हुन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकै कारण वरिष्ठ उपाध्यक्षको निर्वाचन सबैभन्दा आकर्षक बन्ने गर्दछ । ढकालले उम्मेद्वारी घोषणासभामा कोरोनाबाट सिर्जना भएका चुनौतीहरु परास्त गर्दै आर्थिक रुपमा समुन्नत नेपाल बनाउन आफनो उमेद्वारी रहेकोे बताए ।

ढकालको टिममा एसोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारी रहेका छन् । यस्तै, प्रधानको टिममा एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला र नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ छन ।

को–कोसंग हुदैछ प्रतिपर्धा

महासंघमा एसोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाइ र सौरभ ज्योतिबीच प्रतिस्पर्धा हु“दैछ । वस्तुगत उपाध्यक्ष अन्तर्गत उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ त्यस्तै जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
महासंघको आगामी नेतृत्वको लागि दुई समुहबीच निकै प्रतिपर्धा हुने देखिएको छ । ४ हप्ता पछि हुने निर्वाचनलाई मध्यनगर गर्दै उमेद्वार बनेका प्रतिपर्धीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा भेटघाट तथा छलफलमा व्यस्त हुन थालेका छन ।

कसको समर्थन कसलाई ?

महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधानको उम्मेदवारीले महासंघ दुई गुटमा विभाजित गरेको छ । वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकाललाई महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल र सुरज वैद्यको समर्थन छ ।  किशोर प्रधानलाई आगामी अध्यक्ष शेखर गोल्छाले साथ दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com