ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कस्तो छ त नेपालको सुरक्षा संयन्त्रको निर्वाचन सुरक्षा ? (भिडियो सहित)


sharan sharan

काठमाडौं, १८ मंसिर ।
दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसंगै देशभरी तिहारको पटाका जस्तै बिष्फोटहरु हुंदा पनि प्रहरीले बिष्फोट गनराउने समूहको पहिचान गर्न सकेको छैन । सुरक्षित र संवेदनशिल मानिएको राजधानी लगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहंदा पनि गृह मन्त्रालयले घटना कसले गराइरहेछ भनेर न त बताउन सकेको छ न त घटना कम गर्न कुनै पहल नै गर्न सकेको छ ।
गृहमन्त्रालयले विस्फोट र बम रहेको हल्ला फैलाउने समूहलाई ‘निर्वाचन विरोधी तत्वका रूपमा परिभाषित गरे पनि त्यस्तो तत्व को हो र कसले सन्त्रास फैलाइरहेछ भनेर आधिकारिक धारणा आजसम्म सार्वजनिक गरिएको छैन ।
शनिबार गृह मन्त्रालयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित केन्द्रिय कमान्ड पोष्टको बैठक बस्यो । बैठकलगत्तै गृह प्रवक्ता नारायण शर्मा दुवाडीले विस्फोट गराउने समूहको पहिचान भइसकेको बताए पनि त्यस्तो समूहबारे खुलासा गरेनन् । घटना हुनु पूर्व घटनाप्रति संबेदनशिल बन्नु भन्दा पनि सुरक्षा निकायका अंगहरु कसैले बम छ भनेपछि मात्र थाहा पाउने गरेकाले बिष्फोटका घटनाहरुलाई रहस्यममय भएको छ ।
उच्च सुरक्षा अधिकारीका अनुसार गृहले विस्फोटका घटनालाई सामूहिक कामको उपजभन्दा पनि व्यक्ति केन्द्रित घटनाका रूपमा हेर्न सुरक्षा निकायलाई सुझाइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरिक्षक मनोज न्यौपानेले बिष्फोटको घटनामा संलग्न रहेको आधारमा पक्राउ परेकाहरु अधिकांश बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएकाले घटना त्यही पार्टीका कार्यकर्ताले गराएको आशंका गरेपनि गृह मन्त्रालय भने घटना समुहले गराएको हो भन्न मन्जुर छैन ।
गृहको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै चुनावी प्रचारप्रसारमा सभामा नजिकै बम विष्फोट हु“दा समेत बेवस्ता गरेर बस्नुले पनि सुरक्षा निकाय फितलो भएको पुष्टी गरेको छ ।
निर्वाचनको माहोलबीच मंसिर महिनामा मात्र भएका घटनाहरु ः
१ मंसिर– नुवाकोटको काउलेथानामा बम बिस्फोट हुदा पांच कांग्रेस कार्यकर्ता घाइते । कांग्रेस उम्मेदवार डा. रामशरण महतको गाडी क्षतिग्रस्त ।
२ मंसिर– भोजपुरको भिरथाप्लोमा एम्बुसमा परी दुई प्रहरी र एक एमाले कार्यकर्ता घाइते । बिस्फोटपछि प्रहरी र अज्ञात समूहबीच गोली हानाहान ।
२ मंसिर– रौतहटको चन्द्रपुर नगरपालिकामा बाम गठबन्धनको सभामा बिस्फोट, आठ घाइते ।
२ मंसिर– तनहु“मा कांग्रेस नेता रामचन्द्र पौडेलको गाडीमा विस्फोट ।
१२ मंसिर– झापाको चन्द्रगढीमा कांग्रेस नेता कृष्ण सिटौलाको घरमा बिस्फोट ।
१२ मंसिर– दाङको तुल्सीपुरमा बम बिस्फोट हुंदा म्यादी प्रहरी विनोद चौधरीको मृत्यु । बिस्फोटमा सात घाइते ।
१२ मंसिर– उदयपुर १ का कांग्रेस उम्मेदवार नारायण खड्का र प्रदेश सभा उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी बिस्फोट ।
१३ मंसिर– उदयपुरको दनुवारबेंसीमा बम विस्फोट, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित तीन घाइते ।
१५ मंसिर– बूढानीलकण्ठस्थित प्रधानमन्त्री शेरबहादुर देउवा निजी निवासको कम्पाउन्डमै बम बिस्फोट ।
१६ मंसिर– नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी पाल्पा दोभानमा शनिबार सांझ बम विस्फोट । विस्फोट हुंदा लु१ज ३४२५ नम्बरको जिपमा क्षति ।
यो रिपोर्ट तयार गर्दासम्म भएका विष्फोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ भने धेरै घाइते र अंगभंग भइसकेका छन् तर यसको जिम्मा कसैले लिएको छैन ।
एकपछि अर्को विष्फोट भइरहंदा पनि घटनामा संग्लनको पहिचान र पक्राउ गर्न सुरक्षा निकाय चुकिरहेको छ । देशै भर भईरहेको विस्फोट कस्तो प्रकृतीको थियो र त्यसमा संग्लन को थियो भन्नेबारे प्रहरीसंग कुनै स्पष्ट सुचना छैन । प्रहरी प्रवक्ता नेउपानेले बरु बिष्फोटका लागि राखिएका अधिकांश बस्तु बम नै नभएको बताउंदै निश्क्रिय गर्दा भएको आवाजलाई बम भन्न नमिल्ने बताउ“छन् ।
प्रधानमन्त्री निजी निवासकै छेउमा भएको बिष्फोटमा समेत प्रहरीले नेकपा (विप्लव)को संलग्नता रहेको प्रहरीले अनुमान गरे पनि अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । प्रधानमन्त्री निजी निवासको सुरक्षामा १५ जना सशस्त्र प्रहरीका खटिएका छन् । त्यति धेरै सुरक्षाकर्मीको आ“खा छलेर प्रेसरकुकर बम राख्न भ्याउनुले सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उब्जिएको छ ।
देशै भरी बिष्फोट आतंक मच्चिए पनि प्रहरीले भने आफुहरुले ठूलो सफलता हासिल गरेको दाबी गर्दै आएको छ । घटनाको पहिचान गरि संलग्नलाई पक्राउ गरिएको र शान्तिपुर्णरुपमा निर्वाचन गराउन प्रहरी तयार रहेको प्रहरी प्रवक्ता नेउपानेको भनाई छ ।
मुलुकभरी बम आतंक मच्चिरहेका बेला प्रहरीले जम्मा ८ वटा बिष्फोटका घटनामा संलग्नलाई मात्र पक्राउ गरेरको छ ।
प्रहरीले अहिलेसम्म हात पारेका सफलताहरु ः
१. कास्कीको विभिन्न स्थानमा बिष्फोट गराएको आरोपमा मिलन राई, कुमार तामाङ र दिलबहादुर सुनुवार । पक्राउ परेकाहरुले विप्लप माओवादीको कार्यकर्ता भएको स्वीकार गरेको प्रहरीको भनाई ।
२. संखुवासभाको बिष्फोटमा संलग्न भएको आरोपमा छत्रमणि अधिकारी प्रहरी नियन्त्रणमा । उनी पनि विप्लप माओबादी कार्यकर्ता भएका भनाइ ।
३. भोजपुर बिष्फोटमा संलग्न महेन्द्र लामा पक्राउ । स्थानीयतहमा माओबादी केन्द्रका पराजित उम्मेदवार हाल विप्लव माओवादीमा आवद्ध ।
४. सिरहा गोली प्रहार घटनामा संलग्न सुरेन्द्र राय, शिव राय र मनोज राय पक्राउ । उनीहरु पेशेवर लुटेरा भएको प्रहरीको दाबी ।
५. उदयपुर घटनाका संलग्न पक्राउ परे पनि प्रहरीले सार्वजानिक गरेको छैन ।
६. निर्वाचन बिथोल्न सक्ने आशंकामा पक्राउ– ५ सय ७१ जना ।
७. हतहतियार सहित पक्राउ– २ सय ८४ जना ।
८. बराम– देशका बिभिन्न स्थानबाट २२ सय बढी डेकोनेटर, ५ सय ५५ लोला जिलेटिन, ६ सय थान पटाका र ५४ थान सानाठूला हतियार ।

प्रहरीले गरेको कार्य हेर्दा अधिकांश सफलता घटना भएपछि नै हात पार्न सफल भएको देखिएको छ । प्रहरी सक्रियता कम देखिएपनि घटना कम गर्न घटना पूर्वका सुचना संकलन गर्ने राष्ट्रिय अनुसन्धानको भूमिका भने शुन्य जस्तै देखिएको छ । सरकारको आन्तरिक सुचना केन्द्रहरु असक्षम नै भएका हुन् त ? यो प्रश्न सुरक्षाका विषयमा गर्नेपर्ने बेला भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com