ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर भारी वर्षा, पहिरोमा परि ७ जनाको मृत्यु , दर्जनौ बेपत्ता


shreedhar Gautam

काठमाडौं, २६ असार । मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको छ । कञ्चनपुरको शान्तिपुर, बेलौरी र आसपासमा भारी वर्षा भैरहेको छ ।

एकै परिवारका तीन जनाको मृत्यु

लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् । गएराति करिब ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लम्जुङका अनुसार पहिरोमा पुरिएको अवस्थामा उनीहरुलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन् । गएराति नै लम्जुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएका जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जन्मदिन मनाउदै गर्दा पहिरो

अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको छ । थापाको घरमा बिहीबार साँझ जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को–को थिए भन्ने खुल्न नसकेको जनाएको छ । त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।

अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ । स्थानीयवासीलाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।

सिन्धुपाल्चोक

हिजो सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । बाढीका कारण ५ जना गम्भीर घाइते भएका छन् । बाढीले २० भन्दा बढी घर बगाएको छ, ठाउँठाउँमा अरनिको राजमार्ग कटानका कारण अवरुद्ध भएको छ, आधा दर्जन जति सवारी साधनमा बाढीले क्षति पुर्‍याएको छ । स्थानीय जम्बु खोलामा बाढी आउँदा बाह्रबिसे नगरपालिका–५ का २० वर्षका निकेश बस्नेत र उनकी डेढ वर्षकी छोरी निउना बस्नेतको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । निकेशकी पत्नी सविना बस्नेत गम्भीर घाइते भएकी छन् ।

जम्बु खोलाको बाढीले बाह्रबिसे नगरपालिका–५ मा र बुलुकुटे ठाडो खोलाले भोटेकोशी गाउँपालिका–५ मा बढी क्षति पुगेको छ । बाह्रबिसे–५ जम्बु बजारमा १६ जना र भोटेकोशी गाउँपालिकामा ४ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिका–५ जम्बुका भीमबहादुर वाइवा, चिनमाया वाइवा, लीलामाया वाइवा, पासाङ डोल्मा वाइवा, निमा डोल्मा वाइवा, लक्ष्मण वाइवा, सनमाला वाइवा, जनकबहादुर थिङ, सविना तामाङ, आकाश तामाङ, तोकबहादुर तामाङ, सलिनी तामाङ, सुवेश तामाङ र युक्तबहादुर तामाङ बेपत्ता भएका प्रहरीले जनाएको छ ।

त्यस्तै, मध्यभोटेकोशी हाइड्रोपावर कम्पनीका सेक्रेटरी हिमेश शर्मा, जाइकाका इन्जिनियर आकाश केसी पनि बेपत्ता भएको डीएसपी काफ्लेले बताउनुभयो । उनिहरुको खोजी कार्य जारी रहेको छ । भोटेकोशी गाउँपालिका–५ मा बुलुकुटे झ्यालेस्थित बुलुकुटे ठाडो खोलामा बाढी आउँदा ६० वर्षका निमा दोर्जे तामाङ, उनकी बुहारी २७ वर्षकी मञ्जु तामाङ, नातिनीहरू ९ वर्षकी पासाङ नुर्बु तामाङ र ६ वर्षकी साहिल तामाङ बेपत्ता भएका छन् । नुर्बुको घर बगाउँदा उनका छोरा फुर्वा र उनकी १० दिनकी छोरी पनि घाइते भएकी छन् ।

बाढीका कारण बाह्रबिसे–५ जम्बुमा ५ जना घाइते भएका छन् । यहाँ बाढीले १५ वटा घरमा क्षति पुर्‍याएको छ। बाह्रबिसे नगरपालिका–३ खुर्सानीबारीमा भोटेकोशी नदीले अरनिको राजमार्ग कटान गरेका कारण आवतजावत अवरुद्ध भएको छ । त्यस्तै, खागदल भन्ने ठाउँमा अरनिको राजमार्गमा रहेको पक्की पुल खागदल खोलाले १५ मिटर कटान गरेको छ । त्यहाँ १०र११ वटा घर, एउटा ग्यारेज, एउटा गाडी, एउटा ट्यांकर, सडक विभागको अलकत्रा बोक्ने एउटा ट्रक र बस बगाएको छ । त्यस्तै बाह्रबिसे नगरपालिका–८ जुरे नजिक भोटेकोशी नदीले १०० मिटर सडक कटान गरेको छ । सिन्धुपाल्चोककै बलेफी गाउँपालिका–७ मा पाँच वटा घर बगाएको छ । भोटेकोशी गाउँपालिका– ५ मै झ्यालेखोलाले ठाउँ ठाउँमा सडक कटान गरेको छ । बाढीले ल्याएको माटोका थुप्रिएका कारण कारण अरनिको राजमार्ग अवरुद्ध भएको डीएसपी काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com