रूसमा कोरोना संक्रमितको संख्या ७ लाख ६६७ पुग्यो , मृत्यु हुनेको संख्या १० हजार नाघ्यो




काठमाडौं, २५ असार । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट रूसमा ७ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

विहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १७३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार ६६७ पुगेको हो ।एकै दिन ६ हजार ५६२ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख ७९२ पुगेको छ ।
२ लाख १७ हजार ६१४ जनाको उपचार भइरहेको छ भने ४ लाख ७२ हजार ५११ जना संक्रमणमुक्त भएका छन् ।

    Comment Here!


सम्बन्धित समाचार

View All