बालुवाटारमा ओली र प्रचण्डबीचको छलफल सकियो



काठमाडौं, २४ असार । पार्टीका देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच को भेटवार्ता सकिएको छ ।

झण्डै २ घण्टा छलफलपछि बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रचण्ड बाहिरिनु भएको छ । दुई अध्यक्षबीच के विषयमा कुराकानी भयो र सहमति भयो वा भएन भन्नेबारे नेताहरुले खुलाएका छैनन् ।

स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन । विवाद समाधान नभएकाले स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ । यसबीचमा दुई अध्यक्षबीच पटक पटक कुराकानी भए पनि सहमति हुन सकेको छैन ।

    Comment Here!


सम्बन्धित समाचार

View All