बालुवाटारमा ओली र प्रचण्डबीच छलफल सुरु



काठमाडौं, २४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल हुँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच भेटवार्ता भएको हो ।

पार्टीका देखिएको विवाद समाधानका लागि भन्दै अध्यक्षद्धयबीच बुधबार पनि छलफल सुरु भएको छ । प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन । विवाद समाधान नभएकाले स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ ।यसबीचमा दुई अध्यक्षबीच पटक पटक कुराकानी भए पनि सहमति हुन सकेको छैन ।

    Comment Here!


सम्बन्धित समाचार

View All