कविता ‘कलमे छोरा’ – ज्ञान बहादुर लामा



कविता ‘कलमे छोरा’

जीवनको ओइलीदो मोड्मा
म साहित्य लेखन रोज्दै छु ।
कपी र कलमको प्रेममा
म कलमे छोरा खोज्दै छु ॥

पर्दैन पाल्न यसलाई
माग्दैन यसले खर्च पानी ।
खोज्दैन केही अंश भनी
गर्दैन कहिल्यै झगडा पनी ॥

पर्दैन भित्र्याउन बुहारी
गर्दैन कहिल्यै गुनासो पनी ।
मान्छ आदेश नम्र बनी
आहा हेर कति बुद्धिमानी ॥

जीवनको ओइलीदो मोड्मा
म साहित्य लेखन रोज्दै छु….

भानुभक्त लाई चिनाउनु
यसैको निस्वार्थ देन छ ।
राष्ट्रकवि भनी हिँडाउनु
यसैको ठूलो खेल छ ॥

ठूला ठूला सम्झोताहरू
यसैको रोहोबरमा गर्दछ ।
इतिहास हाम्रो कोर्न पनी
सदैव उही नै अघि सर्दछ ॥

जीवनको ओइलीदो मोड्मा
म साहित्य लेखन रोज्दै छु….

चीत्रलेखको हातमा उही छ
डाक्टरको साथमा पनी ।
बस्छ सँधै हाम्रो छातीमा
दिलको चौकीदार बनी ॥

निस्वार्थ अनि इमान्दार छ
संसारमै उच्च ठाँउ लिन्छ ।
इज्यत शान अनि प्रतिष्ठा
स्मरणीय अमर नाम दिन्छ ॥

जीवनको ओइलीदो मोड्मा
म साहित्य लेखन रोज्दै छु….

पुत्रको प्यासी बनी अब
पुत्रीको भ्रुणहत्या नरोजौं ।
त्यही पुत्रको दुर व्यबहारमा
आश्रमको ढोका नखोजौं ॥

वंशालु प्रथा तोड्दिउँ अब
पुत्रीको आगमनमा रमाई ।
छैनौं हामी ढुङ्गे युगमा आज
हाँसौं कलमे छोरा समाई ॥

जीवनको ओइलीदो मोड्मा
म साहित्य लेखन रोज्दै छु ।
कपी र कलमको प्रेममा
म कलमे छोरा खोज्दै छु ॥

रचना : ज्ञान बहादुर लामा “दोङ”

 

    Comment Here!


सम्बन्धित समाचार

View All