प्रतिनिधी सभाका सभामुख सापकोटाको आँखाको शल्यक्रिया



काठमाडौं, २४ असार । प्रतिनिधी सभाका सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ । उहाको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो ।

वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलिले शल्यक्रिया गरेको हो । केही समययता उहाको आँखामा समस्या देखिएको थियो । उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सभामुख सापकोटा स्वयंले व्यहोरेको जनाइएको छ । शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहेको उहाको सचिवालयले जनाएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All