ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नहर भत्किँदा विद्युत् सेवा अवरुद्ध


एबीसी न्यूज

रुकुमपूर्व, २४ असार ।  रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ८ कुचिबाङमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा गाउँ अन्धकार भएको छ । लगातार रुपमा परिरहेको वर्षाका कारण जमिन भासिएर नहर भत्कँदा यही असार १६ गतेदेखि कुचिबाङमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

चौबीस किलोवाट क्षमताको कुचिबाङ खोला लघुजलविद्युत् आयोजनाको नहर भत्किएपछि कुचिबाङबासी अन्धकारमा बस्न बाध्य भएका छन् । नहरबाट चुहिएको पानीले जमीन भिजेर गत फागुन महिनामा नहर नजीकैबाट पहिरो झरेको थियो । नहर मर्मतसम्भारका लागि गाउँपालिकाले रु २३ लाख बजेटसमेत विनियोजन गरेको र नहर मर्मतको काम चलिरहेका आयोजनाका अध्यक्ष भरत बुढाले जानकारी दिनुभयो ।

विद्युत् अवरुद्ध भएर गाउँ नै अन्धकार भएपछि बिजुली बाल्न वैकल्पिक उपाय अवलम्बन गरिए पनि सम्भव नभएको बताइएको छ । विद्युत् सेवा अवरुद्ध भएसँगै कुचिबाङका २५० घरधुरी समस्यामा परेका छन् । स्थानीयवासीलाई अहिले साँझबिहानको दैनिक काम गर्न तथा मोबाइल चार्ज गर्न निकै समस्या हुने गरेको स्थानीयवासी तीर्खमान रोकाले बताउनुभयो । जमीन भासिएर नहर भत्किएपछि फेरि अर्को नहर निर्माणको काम भइरहेको आयोजनाका अध्यक्ष बुढाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com