ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनिया विदेशमन्त्री र भारतीय सुरक्षा सल्लाहकारबीच भिडियो वार्ता


एबीसी न्यूज
असार २२, २०७७ सोमबार  ४ : १३ बजे

काठमाडौं,२१ असार। चीन र भारतबीच जारी रहेको सीमा विवादलाई लिएर चिनियाँ विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच भिडियो वार्ता भएको छ ।

वार्तालगत्तै चिनिया सेना सीमा क्षेत्रमा विवादित भूमिबाट केही कदम पछि हटेको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार डोभल र यीबीचको वार्ता लद्दाखमा जारी तनावलाई समाधान उन्मुख कसरी गराउने भन्नेमा केन्द्रित थियो । केही दिन अगाडि दुई पक्षबीच भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यू भएको घटनालाई लिएर दुवैले दुख व्यक्त गरेका थिए ।

आगामी दिनमा यस्तो स्थिति आउन नदिन दुवैजना सहमत भएको सरकारी अधिकारीलाई उधृत गर्दै समाचारमा जनाइएको छ ।

भारतीय विदेश मन्त्रालयले पनि डोभल र यीबीच ‘खुलस्त र गहिरो विचार आदानप्रदान भएको’ उल्लेख गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारत–चीन सीमा क्षेत्रमा पूर्ण शान्ति र स्थिरताको पुनर्वहालीका निम्ति एलएसीमा दुवैतर्फका सैनिकहरुको उपस्थिति घटाउन आवश्यक भएकोमा सहमति भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

लेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु

कांग्रेस विभाजनको बाटोमा

संविधान संशोधनका लागि कार्यदल गठन, सदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com