ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तनहुँमा ६७ जनाले जिते कोरोना


एबीसी न्यूज

तनहुँ, २१ असार । तनहुँमा हालसम्म ६७ जनाले कोरोना जितेर घर फर्किएका छन् । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट सोमबार एकैदिन ३२ जनाले कोरोना जितेर घर फर्किएसँगै उक्त सङ्ख्या पुगेको हो ।

उक्त आइसोलेशनमा बस्दै आएकामध्ये सबैभन्दा बढी ऋषिङ गाउँपालिकाका बासिन्दा १८, म्याग्दे गाउँपालिकाका छ, व्यास नगरपालिकाका पाँच र भानु नगरपालिकाका तीन जना रहेका छन् ।

आइसोलेशनमा रहेका उनीहरुको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा रिपोर्टमा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको व्यास नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले बताउनुभयो । भारतबाट आएका उनीहरु दुई हप्तादेखि क्याम्पसको आइसोलेशन रहेर उपचार गराउँदै आएका थिए ।

भारतबाट फर्किएर पालिकाले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा स्थान्तरण गरी उपचार थालिएको थियो । क्याम्पसको आइसोलेशनमा रहेका अन्य छ जनाको उपचार भइरहेको छ । जिल्लामा असार हालसम्म १४० जना कोरोना सङ्क्रमित पुगेका छन् भने उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या पनि बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com