ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति र म विरुद्ध षड्यन्त्र भयो, लाइन क्लियर गर्नुस् – प्रधानमन्त्री


एबीसी न्यूज
असार २०, २०७७ शनिबार  १० : १६ बजे

 

काठमाडौ‌ं, २० असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्य मन्त्रीहरुसँग छलफल गर्नुभएको छ । शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीले साँझ सङ्घीय सरकारका मन्त्री र राज्यमन्त्रीसँग भेट गर्नुभएको हो । पार्टीभित्रको विवाद चुलिँदै गएपछि प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गर्नुभएको हो ।

मन्त्रिपरिषद्का सदस्यहरुसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीभित्रको पछिल्लो विवादबारे जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले एकता गम्भीर मोडमा पुगेको कुरा राखेको र आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेको कुरा दोहोराउँदै अहिले आफूलाई घेराबन्दीमा पारेको बताउनुभएको छलफलमा सहभागी एक मन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले अब जे पनि हुनसक्ने सङ्केत गर्दै सबैलाई जो जताको पक्षमा हुनुहुन्छ त्यता नै रहन सुझाव दिएको पनि उहाँले बताउनुभयो ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउने र आफूलाई पदबाट हटाउने तयारी भइरहेको समेत बताउनुभयो ।

‘मेराविरुद्ध षड्यन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग भने, ‘यस्तोबेलामा तपाई‍ंहरू कता भनेर मैले सोध्नुपर्ने हुन सक्छ । तपाईंहरूले आफ्नो साइड रोज्नुपर्ने हुन सक्छ ।’

प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीसँग एक घण्टाभन्दा धेरै समय छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वका सुपर धन कुबेरहरुले कर अधिकारीबाट ३.५५ ट्रिलियन डलर लुकाए : अक्सफाम

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन, पत्रकार महासंघको विरोध

सम्बन्धित

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने, ३ अध्यादेश पेस हुने

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयप्रति १४ संगठनको सामूहिक विरोध

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com