नेपालमा कोरोना संक्रमतिको संख्या १५ हजार २ सय नाघ्यो : मृत्यु हुनेको संख्या ३२ पुग्यो



काठमाडौं, १९ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आज थपिएका ७४० सहित नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।  पछिल्लो २४ घण्टामा थप ८२३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

यो सहित डिस्चार्ज हुनेको संख्या ६१४३ पुगेको छ। कुल संक्रमितमध्ये आज काठमाडौमा उपचारका क्रममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको भएको मन्त्रालयले जनाएको छ ।  नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको हो । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

    Comment Here!


सम्बन्धित समाचार

View All