काठमाडौं, १८ मंसिर।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले आफुलाई अपमान गरेको बताउनुभएको छ । कार्यक्रम आउटलुकमा शुभशंकर कंडेलसंग कुरा गर्दै अध्यक्ष ओलीले बेटुकको कारण देखाएर आयोगले आफुलाई कारवाहि गर्ने धम्की दिएको बताउनुभयो । उहांले सत्तापक्षले लगातार आचारसंहिता उल्लंघन गरेको प्रति आयोग नबोलेको आरोप लगाउंदै एमाले वा आफुलाई कारवाहि गर्नुपर्ने कुनै कारण नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्