ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६५ साना सिँचाइका काम सम्पन्न


एबीसी न्यूज
असार १८, २०७७ बिहीबार  ११ : ४३ बजे

भरतपुर, १८ असार ।  चितवन जिल्लामा सञ्चालन भएका ६५ साना सिँचाइका काम सम्पन्न भएका छन् । एक सय ३५ योजनामध्ये ६५ वटा सम्पन्न भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी दिएको छ । एकाइले आफ्नो कार्यक्षेत्रमा चालु आर्थिक वर्षमा स्यालो ट्युबवेल, बोरिङ, थोपा सिँचाइलगायतका कार्यक्रम सञ्चालन गरेको हो ।

सञ्चालन भएका योजनामध्ये ६५ सिँचाइका कार्यक्रम सम्पन्न भइसकेको र बाँकी सम्पन्न हुने चरणमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा धान जोनअन्तर्गत ७५, तरकारी जोनमा ४०, केरा जोनमा १५ र परियोजनाअन्तर्गत पाँचवटा सिँचाइका कार्यक्रम सञ्चालन भएका छन् । कार्यक्रम सम्पन्न भएसँगै ५४० बिघामा सिँचाइ हुने अपेक्षा गरिएको छ । एउटा स्यालो ट्युबवेलले चार बिघासम्म सिँचाइ गर्न सकिने उहाँले बताउनुभयो ।

साना सिँचाइ कार्यक्रम सञ्चालनका लागि कार्यालयले चालु आर्थिक वर्ष रु एक करोड ४० लाख विनियोजन गरेको थियो । त्यसमध्ये सबैभन्दा धेरै तरकारी जोनले रु ६० लाख बजेट विनियोजना गरेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । त्यस्तै केरा जोनअन्तर्गत रु ४५ लाख, धान जोनअन्तर्गत रु ३० लाख र परियोजनाअन्तर्गत रु पाँच लाख बजेट विनियोजन भएको थियो ।

प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित साना सिँचाइ कार्यक्रममा ५० प्रतिशत उपभोक्तको लगानी रहेको छ । यस कार्यक्रमअन्तर्गत माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाबाहेक जिल्लाका सबै तहमा साना सिँचाइका कार्यक्रम सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

लेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु

कांग्रेस विभाजनको बाटोमा

संविधान संशोधनका लागि कार्यदल गठन, सदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com