ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा १७ जना कोरोना संक्रमित थपिए : संक्रमण समुदायमा फैलिएको आशंका


एबीसी न्यूज

काठमाडौं, १७ असार । काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसैवीच काठमाडौं उपत्यकाभन्दा बाहिरको भ्रमण अथवा यात्रा (ट्राभल हिष्ट्री) नगरेका व्यक्तिमा समेत कोरोना संक्रमण देखिएपछि संक्रमण समुदायमा फैलिएको आशंका गर्न थालिएको छ।

मंगलबार काठमाडौं उपत्यका देखिएका १६ संक्रमितमध्ये तीन जना काठमाडौं निवासीमा कोरोना संक्रमण देखिएको छ। उनीहरुको कुनै ट्राभल हिष्ट्री छैन। मंगलबार पनि संक्रमण देखिएका एक बालकको ट्राभल हिष्ट्री नभएको बताइएको छ। यदि समुदायबाट बाहिर नगएका र संक्रमितको सम्पर्कमा नआएका धेरै व्यक्तिलाई संक्रमण देखिएमा समुदायमा संक्रमण फैलिएको भनिन्छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डे उपत्यकामा छिटफुट रुपमा समुदायमा कोरोन संक्रमण देखिएकोले जोखिम बढाएको बताउनु हुन्छ । उहा भन्नु हुन्छ । ‘अहिले ट्राभल हिष्ट्री नभएका र संक्रमणको स्रोत पत्ता नलागेकोले समुदायमा छिटफुट संक्रमण देखिएको छ। हामी मंगलबार देखिएका संक्रमितको बारेमा थप जानकारी संकलन गरिरहेका छौँ। अझै समुदायमा फैलिसकेको भने छैन।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण समुदायस्तरमा फैलिएको हो कि होइन भन्नेबारे छलफलमा जुटेको बताइएको छ। मंगलबार रसियन राजदूताबासमा खटिएका नेपाल प्रहरीका सुरक्षाकर्मीमा संक्रमण देखियो। उनी पेट दुखेर उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गएका थिए। चिकित्सकले इन्डोस्कोपी गर्नुपर्ने बताएपछि उनको पहिले पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको बताइएको छ। कुनै पनि लक्षण नभएका उनको कुनै ट्राभल हिष्ट्री नभएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

त्यसैगरि मंगलबार नै काठमाडौं महानगरपालिका शंखमूल बस्ने एक गर्भवतिमा समेत कोरोना संक्रमण देखियो। उनको शल्यक्रिया गरी बच्चा जन्माउनुपर्ने भएपछि पाटन अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो। पिसिआर परीक्षणमा कोरोना पोजिटिभ आएको थियो। तर, उनमा कोरोनाको कुनै लक्षण नभएको र ट्राभल हिष्ट्री नभएको महाशाखाले जनाएको छ। यस्तै, ट्राभल हिष्ट्री नभएकी भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत एक कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएको छ। काभ्रे स्थायी ठेगाना भएकी उनी हाल भक्तपुर नगरपालिका दुवाकोटमा बस्दै आएकी छिन्। उनलाई पनि कोरोना सम्बन्धित कुनै लक्षण देखिएको छैन। आज देखिएकाहरुको विस्तृत विवरण आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com