ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा सकारात्मक सर्किट, ७५ अङ्कले बढ्यो नेप्से


एबीसी न्यूज

काठमाडौं, १७ असार ।  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोवार स्थगन गरेको छ । स्टकका अनुसार मङ्गलबारकै लयमा नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार स्थगन भएको आज दोस्रो दिन हो । कोरोनाको कारण झण्डै १०० दिनपछि खुलेको बजारमा सोमबार नेप्से दोहोरो अङ्कले घटेको थियो । मङ्गलबार र बुधबार भने नेप्सेमा सकारात्मक सर्किट लागेको छ । स्टकका अनुसार नेप्से ७५.७७ बिन्दुले बढेर एक हजार ३६६.५२ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत १५।१० अर्थात् ५।५५ प्रतिशतले वृद्धि भएको छ । कूल १३५ कम्पनीको ११ लाख एक हजार दुई कित्ता शेयर रु ४० करोड ७३ लाख ५२ हजार २४७ मा कारोवार भयो । कारोवार भएका १२ उपसमूहमध्ये आज होटल उपसमूहको शेयर ओरालो लागेको छ । अन्य ११ समूहको शेयर भने वृद्धि भएको छ । होटल ५।१५ अङ्कले घट्दा बैंङ्किङ ८२।३, व्यापार ३३।४८, विकास बैंक ५७।०६, जलविद्युत् ३३।६७, वित्त ४।७५, निर्जीवन बीमा ३२२।४१, उत्पादन १०२।५७, अन्य २०।९४, माइक्रोफाइनान्स १०१।२३, जीवन बीमा ५४८।५३ र सामूहिक लगानी कोष ०।०१ अङ्कले बढेका छन् ।

कारोवार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर रु ६ करोड ७६ लाख ९४ हजार ९३१ मा खरिद बिक्री भयो । यस्तै कुमारी बैंक लिमिटेडको संस्थापक शेयर रु चार करोड ९९ लाख ५० हजार, हिमालयन डिस्टिलरी लिमिटेड रु चार करोड २४ लाख ७८ हजार ७५, शिवम् सिमेन्ट्स लिमिटेडको रु दुई करोड ५७ लाख ८१ हजार ११४, एनआइसी एसिया बैंक रु एक करोड ७८ लाख ७४ हजार ५७८ र एनएमबी बैंकको रु एक करोड ७६ लाख ६१ हजार ९४२ मा खरिदबिक्री भए ।

सिटिजन बैंक इन्टरनेशनलका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा साना किसान विकास बैंक ९।९८, नागरिक लगानी कोष ९।९७, नेशनल लाइफ इन्सुरेन्स कम्पनी ९।९७, आरएमडिसी लघुवित्त वित्तीय संस्था ९।९५ र बुटवल पावर कम्पनीका शेयरधनीले ९।९४ प्रतिशतले कमाए ।

यस्तै नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३।९२, ओरियन्टल होलट ३।२७, नेपाल दूरसञ्चार कम्पनी २।३५, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स कम्पनी १।७९, आइसिएफसी फाइनान्स १।२१ र बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १।१८ प्रतिशतले गुमाए

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com