ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जैमिनीका किसानलाई छैन बाँदरको चिन्ता


shreedhar Gautam
असार १६, २०७७ मंगलबार  ९ : ३४ बजे

बागलुङ, १६ असार ।बाँदरका कारण वर्षौँदेखि चिन्तित रहेका बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका किसानलाई राहत मिलेको छ । वर्ष दिन खाने अन्नपात बाँदरले क्षणभरमै नष्ट गर्ने भएपछि बाँदर हेरेरै दिन कटाउने किसान अहिले ढुक्क भएर घरमै बस्न थालेका छन् । अहिले किसानलाई बाँदर आतङ्कको चिन्ताले सताउन छाडेको छ ।

नगरपालिकाले नेपालमा हालै विकास भएको बाँदर धपाउने यन्त्र वितरण गर्न थालेपछि किसान खुशी भएका छन् । बाँदर नियन्त्रणका लागि किसानको तीव्र गुनासो र मागपछि नगरपालिकाले बाँदर धपाउने यन्त्र खरिद गरेर किसानलाई वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।

बाँदरको आतङ्कबाट पीडित बनेका नगरपालिका–१, ४ र ५ वडाका किसानलाई एक÷एक थान बाँदर धपाउने यन्त्र वितरण गरिएको नगरपालिकाका उपप्रमुख लीला रानाले जानकारी दिनुभयो । “किसानले वर्षौँदेखि गर्दै आएको गुनासोपछि हामीले बाँदर धपाउने नयाँ विकल्प आत्मसात गरेका छाँै”, रानाले भन्नुभयो, “परीक्षण सफल भएको भन्ने जानकारी आएको छ, यो सफल र प्रभावकारी भएपछि नगरका सबै वडामा बाँदर धपाउने यन्त्र वितरण गरिनेछ ।” बाँदर धपाउने औजार आएपछि किसानलाई धेरै राहतको महसुस भएको नगरपालिका–४ का कृषक मेघराज ढकालले बताउनुभयो । बाँदर नियन्त्रणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरेको थियो ।

बाँदरले बाली नष्ट गर्न थालेपछि दिनभर खेतबारीमा बाली कुरेर बस्नुपर्ने समस्या आएपछि किसानले नगरपालिकालाई पटक–पटक बाँदर नियन्त्रणका लागि सहयोग गर्न आग्रह गर्दै आएका थिए । दुःख गरेर लगाएको धान, मकै, गहुँ, जौँ र फापरजस्ता बाली बाँदरले नष्ट गरेको भन्दै स्थानीयको तीव्र गुनासोपछि नगरपालिकाले बाँदर नियन्त्रणका विकल्पको खोजी शुरु गरेको थियो ।

यही असार ९ गते केही वडाका किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको र अन्य वडाका किसानलाई समेत बाँदर धपाउने यन्त्र खरिद गर्न अनुमति दिएको नगरप्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो । पहिलो चरणमा नगरपालिकाले स्याङ्जाबाट पाँच थान बाँदर धपाउने यन्त्र ल्याएर वितरण थालेको र किसानलाई सहज भएमा प्रत्येक वडामा १०÷१० थानका दरले वितरण गर्ने नगरपालिकाको योजना छ । स्याङ्जाको भिरकोट नगरपालिका–७ का भविश्वर कोइरालाले लकडाउन अवधिभित्रै बाँदर धपाउने यन्त्र बनाएर सफल परीक्षणपछि बिक्री वितरण भइरहेको छ । उहाँको आविष्कारले यतिबेला किसानलाई राहत मिलेको छ ।

उहाँले बनाएको उपकरण रु दुई हजारदेखि तीन हजार ५०० सम्ममा किन्न पाइन्छ । ठूलो आवाज निस्कने उक्त यन्त्रमा युपीभिसी पाइप र कार्बाइडको प्रयोगबाट बनाइएको यन्त्र एक पटक पड्काएपछि बाँदरनै सो क्षेत्रबाट बसाइँ सर्ने आविष्कारकर्ताको दाबी छ । कार्बाइडमा पानी घोलेर यन्त्रमा हालेर पुच्छरमा आगो लगाएपछि ठूलो आवाजमा पड्किन्छ । त्यसको आवाज सुनेपछि बाँदर भाग्ने गरेका छन् । यसबाट कुनै बारुद, छर्रा वा गोली ननिस्कने भएकाले कुनै हानी नगर्ने प्रयोगकर्ता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com