ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुठीको जग्गा संरक्षण गर्न गुठी विधेयक जरुरी छ : मन्त्री अर्याल


एबीसी न्यूज
असार १४, २०७७ आईतबार  ८ : ११ बजे


काठमाडौं, १४ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठीका जग्गा संरक्षण गर्न गुठी विधेयक पुनःफिर्ता ल्याउने बताउनुभएको छ ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उपसमितिले बुझाएको तयार पारेको पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन मस्यौदा अध्ययन प्रतिवेदनमाथि छलफलमा उहाँले गुठीको जग्गा संरक्षण गर्न गुठी विधेयक ल्याएको र अहिले फिर्ता भए पनि पुनःल्याउने तयारीमा सरकार रहेको बताउनुभयो ।

गुठीमा राज्यले सिधै हस्तक्षेप गरेर प्रयोग गर्न पाउने खालको व्यवस्था पनि नभएकाले गुठी फरक प्रकृतिको मौलिक विषय भएकाले यसलाई फरक ढङ्गले नै व्यवस्थित गर्नुपर्ने जरुरी भएको भन्दै मन्त्री अर्यालले भन्नुभयो, “अरु सरकारी, सार्वजनिक जग्गामा जस्तो गुठीमा राज्यले सिधै हस्तक्षेप गर्न सक्दैन ।”

पुर्खाले परोपरकारी भावनाका साथ गुठीमा जग्गा दान गरेकाले अहिले विभिन्न व्यक्तिले खोस्ने, अतिक्रमण गर्ने, आफ्नो बनाउने काम भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जुन मनसाय, परोपकारी भावनाका साथ धार्मिक उद्देश्यले पुर्खाले दान गरे, त्यसको संरक्षण गर्ने काममा लाग्नुपर्छ भनेर हामी लागिपरेका छौँ, सरकारी, सार्वजनिक, गुठीको जग्गा संरक्षण गर्नका निम्ति मन्त्रालयले जाँचबुझ आयोग बनाएर अहिले काम भइरहेको छ ।”

मुलुकभरकै गुठीका जग्गा असुरक्षित भएको र अतिक्रमण भएका जग्गा फिर्ता ल्याउन सरकार लागिरहेको तथा गुठीका जग्गासँग जोडिएका मोहीको हक स्थापित गर्नुपर्ने अनि मर्कामा परेका किसानलाई न्याय दिनुपर्ने ठूलो जिम्मेवारी रहेको उहाँले बताउनुभयो । देशभर दुई हजारभन्दा बढी गुठी छन् । उपत्यकामा मात्र ५०० गुठी छन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापाले मस्यौदा प्रतिवेदनमाथि अझ बृहत्रुपमा छलफल गर्नुपर्ने भएकाले पर्यटन मन्त्रालयसँग पनि छलफल गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com