ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घाइते अपांगको व्यवस्थापन कि ओली र प्रचण्डको ? : ओली


एबीसी न्यूज
मंसिर १८, २०७४ सोमबार   ८ : ३५   बजे

काठमाडौं, १८ मंसिर । तीव्र चुनावी दौडधुप अधिक खटन र भेटघाटबाट लखतरान भैसक्दा पनि ६५ वर्षे पाका नेता युवाबयको जोशका साथ प्रस्तुत हुंदै थिए । कुराकानीका सुरुवातभन्दा पहिले नै अलिक थाकेको छनक दिने गरी भने आज मेरा आंखा अलिक थाकेजस्तो देखिएको छ । उनै नेता केपी शर्मा ओली जो ९ महिने प्रधानमन्त्रीकालमा चर्चाको शिखरमा पुगे । बोल्न हुन्न भन्नेहरुसंग पौंठेजोरी खेले । त्यसलाई सैद्धान्तिकृत गरिदिए । सम्भवत यो चुनावपछि ओली नै देशको बहुमतीय बामपन्थी सरकारको प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । ओलीसंग देश विकासका अनेका श्रृंखला र मोडेलहरुको चाङ नै चाङ छ । त्यसलाई उनले अनेक ढंगले जनतालाई बुझाउने कोशिश गरिरहेका छन् । चुनावको रथ उनले एक्लै धान्नु पर्ने बाध्यता आइलाग्यो । सहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई पुत्रशोक परेपछि प्रचण्ड त्यति धेरै सभामा जान सकेनन् । विरामी भनिएका ओली नै सबैभन्दा बढी दौडनु प-यो ।
अन्तर्वाता सुरु गर्नुभन्दा पहिले सहयोगीले औषधी खानु पर्ने सम्झाउंदा हामीले जस्तै अहिले एक घण्टा पछि खाएपनि हुन्छ भन्दै बेमतलव जनाएर राजनीतिक मिशन र अन्तर्वार्ताको महत्वलाई स्पष्ट गरेका थिए ।


एबीसीमा ओलीको लाइभ अन्तर्वार्ता यस वर्षकै ह्याट्रिक हो । यस अघि बैशाख २८ गते झण्डै डेढ घण्टा, भदौ २७ गते करिब सबवा घण्टा एबीसी स्टुडियोमा नै लाइभ अन्तर्वार्ता भएको थियो । यसपटक ओली संवाद झण्डै दुई घण्टा भयो । शायद यो ओलीको आफ्नै राजनीतिक जीवनकालमा र एबीसीकासन्दर्भमा पनि नयां रेकर्ड हो ।
ओलीले निर्वाचन आयोगको निकम्मापनप्रति रोष प्रकट गरे । आफ्नो सीमा र मर्यादा सम्झेर राजनीतिक नेताहरुप्रति व्यवाहार गर्न समेत सचेत गराए । ओलीले अलिक बढ्तै निर्वाचन आयोगले पत्रिकामा विज्ञापन छापिएको बारेमा सोधिएको २४ घण्टे पत्रप्रति आक्रोश व्यक्त गरे । उनले भने ‘जो लोकतन्त्रका लागि लामो जेल, नेल, दमन र याताना भोगेर आएका छौं, हाम्रा बारेमा प्रश्न उठाउने ? ‘
माओवादीसंग पार्टी एकता गर्ने उद्धेश्यका साथ चुनावमा होमिएपछि ओली झन विश्वभर चर्चाको विषय बनेकै थिए । देशभित्रका विरोधीहरुको निदहराम गरिदिएको छ बाम एकताले । कांग्रेस केही नारा नपाएर अधिनायकबादको दुन्दुभी बजाएर हिंड्न बाध्य भएको छ । यसपटक ओलीले बडो मार्मिक ढंगले बाम एकताको मकसद व्याख्या गरे । माओवादी र एमालेको एकता प्रचण्ड र ओलीको व्यवस्थापनका लागि होइन । ‘हाम्रो के व्यवस्थापन गर्ने ? पार्टीको अध्यक्ष भइरहेकै छौं , देशको प्रधानमन्त्री बनिसक्यौं । नाफाको जिन्दगी जियका हामीहरुको व्यवस्थापनको कुनै प्रश्न नै छैन । हाम्रो चिन्ता माओवादी आन्दोलनका क्रममा भएका घाइते, अपांग, जसको शरिरमा गोलीका छर्रा छन्, एकल जिवन विताउन बाध्य भएका छन् तिनको व्यवस्थापनमा छ ।’ गरिब दुखी जनताको मुहार बदल्ने व्यवस्थापन गर्नु छ ।’ ओलीले अगाडि भने ‘दुई पार्टी मिल्ने भनेपछि दुवै जना अध्यक्ष त भइंदैन ? यो हामी कसैको दबाबले नभएर हाम्रो रहर र जिम्मेवारीबोधका कारणले गरेका हौं । ‘
यो अन्तर्वार्ता र प्रचण्डसंगको अन्तर्वाता आज राती ९ बजेपनि प्रसारण हुनेछ । तपाईं पनि हेर्ने प्रयास गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

अन्तिम समयमा जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

सम्बन्धित

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group