काठमाडौ, १८ मंसिर । एमाले अध्यक्ष केपीले अब बन्ने बामपन्थी सरकारी स्थायी हुने बताउनु भएको छ, स्थायी सरकारले पाँच वर्षभित्रमा भारत र चीनबाट काठमाण्डौमा रेल आउने दावी गरेका छन् । अध्यक्ष वलीले एबीसी टेलिभिजनको विशेष कार्यक्रम आउटलुकमा शुभशंकर कँडेलसंगको कुराकानीमा यस्तो बताएका हुन् ।
स्थिर सरकारले आन्तरिक तथा बाह्रय लगानीको बातावरणको सुनिश्चित गर्ने भएकोले विकासले तीव्र गति लिने उनले जिकिर गरे । भावी सरकारको योजना लगानीको अवसर र सुनिश्चितता गर्ने भएकोले मुलुक समृद्ध तिर जाने उनको मत छ । देउवा सरकारले वैदेशिक सहयोग तथा लगानी लिन नसकेकोले नयाँ सरकारले सहयोग तथा लगानी भित्र्याउने दावी गरे । वैदेशिक तथा आन्तरिक लगानी जुटाएर १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने उनले बताए । लगानी भए अवसरको श्रृजना हुने भएकोले आन्तरिक रोजगारीमा अभिवृद्धि गर्न सकिने वलीको विश्वास छ ।
उनले भने, अहिलेको सकारले अमेरीकाले दिएको ५ खर्व , भारतले दिएको १ खर्व , चीन अन्य देशले समेत दिएको सहयोग रकम लिन सकेको छैन, भावी सरकारले वैदेिशक अनुदान कम ब्याजदरमा भित्राउदै ठुला ठुला आयोजना निमार्ण गरि नेपालको परनिर्भरताको अर्थतन्त्रमा व्यापक सुधार ल्याउन योजना रहेको समेत विषेश अन्तरवार्तामा बताए ।
प्रतिक्रिया दिनुहोस्