ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक विस्तारपछि सुन्तलाले बजार पायो


admin
मंसिर १७, २०७४ आईतबार  ३ : ४२ बजे

म्याग्दी, १८ मंसिर । विगतका वर्षमा सस्तो मूल्यमै सुन्तला बिक्री गर्दै आउनुभएका यहाँका किसानले सडक विस्तारपछि उचित मूल्य पाउन थालेका छन् ।

धौलागिरि गाउँपालिका– ७ ताकमका भेषनाथ गौतमले मंसिर पहिलो हप्ता धादिङका व्यापारीलाई सुन्तला ठेक्कामा दिनुभयो । उहाँले प्रतिकिलो रु ४२ का दरले सुन्तला बिक्री गर्नुभएको हो ।

गौतमलाई जस्तै गाउँका अन्य किसानलाई यसपालि विगतको जस्तो सुन्तला बिक्रीका लागि माघसम्म डोके व्यापारी कुर्नुपर्ने चिन्ता छैन । “यसअघि सुन्तलाको बजार खोज्दै हिँड्नुपर्दथ्यो, यसपालि आँगनमै सडक आएपछि व्यापारी सुन्तला किन्न घरमै आए,” गौतमले भन्नुभयो ।

बेनी नगरपालिका– ४ बास्कुनाका कृषक तिलक गुरुङले १०० बोट सुन्तला नटिप्दै रु चार लाखमा बिक्री गर्नुभयो । सोही ठाउँका नरबहादुर हुमेन, दलबहादुर कार्की र दुर्गाबहादुर खत्रीले सुन्तला बेचेर रु एकएक लाख बुझिसक्नुभएको छ ।
“घरमै आएर व्यापारीले बगैँचा नै ठेक्कामा लिएर सुन्तला खरिद गरेर लगेपछि कहाँ र कसरी बेच्ने भन्ने चिन्ता नै रहेन”– कृषक दलबहादुर कार्कीले भन्नुभयो । कृषकलाई सडक सुविधा विस्तार भएपछि सुन्तला, आलुलगायत कृषिउपज बजारीकरणमा सहयोग मिलेको छ ।

केही वर्ष पहिलेसम्म स्थानीय बजारमा सिमित म्याग्दीको सुन्तला अहिले पोखरा, काठमाडौँ, नारायणघाटदेखि जनकपुरसम्म पुग्न थालेको छ । बेनी नगरपालिको राखु, मरेक, बास्कुना, मंगला गाउँपालिकाको बरंजा, भोर्लेनी, अर्मन, कुहुँ, मालीकाको बिम, ओखरबोट, रुन्मा, धौलागिरिको ताकम क्षेत्रका कृषकका बगैँचामा लटरम्म फलेका सुन्तला बोटबाटै बिक्री हुन थालेपछि कृषक उत्साहित भएका छन् ।

रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, अन्नपूर्णको दोवा, हिस्तान, घार, भुरुङ तातोपानी, नारच्याङ र दानाका कृषकले भने बेँसीजनमा केही ढिला गरी सुन्तला बेच्ने गरेका छन् । सडक सुविधा नहुँदा म्याग्दीका कृषकले उत्पादन गरेको सुन्तला स्थानीय बजारमा सिमित थियो । कृषकले उचित मूल्य पाउन सकेका थिएनन् । सुन्तला बिक्रीबाट जिल्लामा वार्षिक रु तीन करोडदेखि रु चार करोडसम्म भित्रने गरेको छ ।

छ सय ८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको म्याग्दीमा गत वर्ष दुई हजार ४७३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत भोजबहादुर थापाले बजार र मूल्य पाउन थालेपछि कृषक सुन्तला खेतीप्रति आकर्षित भएको बताउनुभयो । उहाँका अनुसार कृषकले धान, कोदो, मकै, गहुँलगायत अन्नबालीको विकल्पमा सुन्तलाखेती गर्नेक्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com