ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कार घटनाको मुद्दा बढे, बहुविवाहका मुद्दा घटे


shreedhar Gautam

भोजपुर, १३ असार ।भोजपुरमा पछिल्लो समय जबर्जस्ती करणीका घटना वृद्धि भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले दिएको तथ्याङ्कअनुसार दर्ता भएका कूल मुद्दामध्ये ७० प्रतिशतभन्दा बढी बलात्कारका घटनाको मुद्दा रहेका छन् ।

यस आर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालयमा आएका फौजदारी र जिल्ला प्रशासनबाट आएका १५२ वटा मुद्दामध्ये ७० प्रतिशत जबर्जस्ती करणीसम्बन्धी रहेको कार्यालयले जनाएको छ । साङ्गठनिक अपराधका मुद्दा केही बढेको भए पनि सम्बन्धविच्छेदका मुद्दामा भने यस वर्ष कमी देखिएको निमित्त जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराईले जानकारी दिनुभयो । कार्यालयले स्थानीयस्तरसम्म पुगेर विद्यामान कानूनमा भएको व्यवस्थाको विषयमा जानकारी दिएसँगै उजुरी दिनेको सङ्ख्या वृद्धि भएको उहाँको भनाइ छ ।

भट्टराईले भन्नुभयो, “कार्यालयमा आएका मुद्दामध्ये ७० प्रतिशत मुद्दा जबर्जस्ती करणीका मुद्दा रहेका छन, गत वर्षको तुलनामा बहुविवाहका मुद्दामा भने कमी आएको छ, विशेष गरेर हामीले स्थानीयस्तरसम्मका पुगेर कानूनी प्रावधानको विषयमा जानकारी दिएको कारण न्याय खोज्दैको आउनेको सङ्ख्या वृद्धि भएको देखिन्छ ।”

विगत वर्षमा भूकम्पले जीर्ण भएको भवनमा बसेर काम गर्नुपर्ने अवस्था भए पनि अहिले कार्यालय भवन निर्माण भएपछि कार्यसम्पादनमा सहजता थपिएको कर्मचारीको भनाइ छ । कार्यालयमा स्तनपान कक्ष, थुनुवा कक्ष, बयान कक्ष र तयार गरिएको छ । पुरानो भवनमा छुट्टै कोठाको व्यवस्था नहुँदा कतिपय गोपनीयतालाई ध्यान राख्दै बयान लिने क्रममा समस्या हुने गरेको भए पनि अहिले त्यो अवस्थाको अन्त्य भएको कार्यालयले जनाएको छ ।

भट्टराईले भन्नुभयो, “पुरानो भवनका बसेर कार्यसम्पादन गर्न असाध्यै समस्या थियो, कतिपय खण्डमा पीडितको गोपनीयतालाई ध्यानमा राख्दै छुट्टै बयान लिनुपर्ने हुन्छ त्यो अवस्थामा गाह्रो थियो, अहिले वैशाखबाट नयाँ भवनमा सरेर काम गरिरहेको छौँ, यसले कार्यसम्पादनमा धेरै नै सजिलो छ ।”

भूकम्पका कारण जीर्ण बनेको भवनमा कार्यसम्पादन हुँदै आएकोमा अहिले रु तीन करोड ३४ लाख लागतमा भवन निर्माण गरिएको हो । वैशाखदेखि नयाँ भवनबाट कार्यसम्पादन शुरु भएको छ । आवश्यक मापदण्डअनुसारको भवनबाट सेवा लिन पाउँदा सहजता थपिएको सेवाग्राहीले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com