ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेटभित्रै बच्चा मरेको गर्भवतीको हेलिकोप्टरबाट उद्धार


shreedhar Gautam

काठमाडौँ, १० असार । पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला अस्पताल खोटाङमा भर्ना हुनुभएकी मन्दिराको गर्भमा रहेको बच्चा पेटभित्रै मरेको थाहा भएपछि थप उपचारका लागि मङ्गलबार मध्याह्न हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो ।

सुत्केरी व्याथाले च्यापेर सिकिस्त बिरामी बनेकी मन्दिराको रक्तस्रावसमेत भइरहेकाले थप उपचारका लागि रिफर गरिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा नारायण बरालले बताउनुभयो । “सोमबार राति अबेर अस्पताल ल्याइएकी मन्दिराको बाटैमा पेटभित्र रहेको बच्चा मरिसकेको अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “ढिलोगरी अस्पताल ल्याइएकी मन्दिराको रक्तस्राव भइरहेकाले आमाको समेत ज्यान जोखिममा पर्नेहुँदा थप उपचारका लागि काठमाडौँको थापाथलीस्थित प्रसूतिगृह रिफर गरिएको हो ।”

दोस्रो पटक गर्भवती हुनुभएकी मन्दिरालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत ग्राण्डी अस्पतालको हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको जनाइएको छ । कलिलै उमेरमा वैवाहिक बन्धनमा बाँधिनुभएकी मन्दिराको तीन वर्षीय छोरा छन् ।

मन्दिराको उद्धार, उपचारलगायत सबै खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्ने सांसद विशाल भट्टराईले बताउनुभयो । “मौसम प्रतिकूलताका बाबजुद मन्दिरालाई हेलिकोप्टरमार्फत उद्धार गर्न सफल भइएको छ”, उहाँले भन्नुभयो, “काठमाडौँ अवतरण हुनासाथ अस्पताल भर्ना गरेर उपचार शुरु गरिएकी मन्दिराको स्वास्थ्यमा समेत क्रमिक सुधार आएको पाइएको छ ।”

केही दिनदेखि लगातार परिरहेको वर्षा र बाक्लो हुस्सुका कारण समयमा हेलिकोप्टर अवतरण गर्न नसक्दा सुत्केरीको उद्धारमा ढिलाइ भएको जनाइएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत मन्दिरासँगै हालसम्म जिल्लाका चार जना सुत्केरीको हेलिकोप्तरमार्फत उद्धार गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com