ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुने’


एबीसी न्यूज

काठमाडौं, ३ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोरोना प्रभावका कारण मन्त्रालयको बजेट कटौती भए पनि थप रकम माग गरेर पनि राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री नेम्वाङले ठूला राष्ट्रिय गौरवका आयोजना विसं २०७९÷८० सम्ममा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, फास्ट ट्र्याक लगायतका सडक आयोजनालाई सरकारले महत्व दिएर बजेट विनियोजन गरेको उहाँको भनाइ थियो । सडकको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कस्ता आयोजना आवश्यक छ भनी पहिचान गरिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सडकका नयाँनयाँ क्षेत्रका पहिचान गरेर बजेट विनियोजन गरिएको छ ।”

त्यस्तै, मन्त्रालयले त्रिदेशीय महत्व राख्ने ‘रोड कनेक्टिभिटी’ लाई पनि अघि बढाउने लक्ष्य लिएको मन्त्री नेम्वाङले बताउनुभयो । विगतमा निर्माण शुरु भएका ठूला सडकलाई आवश्यक रकम विनियोजन गरेर अघि बढाइएको र भौतिक पूर्वाधारको नयाँ क्षेत्र पहिचान गर्दै सुरुङमार्गको निर्माण थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले अहिले नागढुङ्गा, सिद्धबाबालगायत नौ सुरुङ मार्गको निर्माण, सम्भाव्यता अध्ययन पहिचान, डिपिआरका लागि बजेट विनियोजन गरेको छ । सरकारले पूर्व–पश्चिम राजमार्ग कांकडभिट्टादेखि गड्डाचौकी कम्तीमा चार लेन स्तरोन्नति निर्माण शुरु गरिसकेको उहाँले जानकारी दिनुभयो । यसका लागि लगानी सुनिश्चित गरेर निर्माण थालिएको बताइएको छ ।

यातायातको नयाँ क्षेत्रका रुपमा रेल आयोजना सञ्चालन शुरु गरिएको पनि मन्त्री नेम्वाङले बताउनुभयो । विद्युतीय रेलमार्ग यो मुलुकमा अपरिहार्य छ भनेर कांकडभिट्टा–गड्डाचौकी निर्माण शुरु गरिएको उहाँले बताउनुभयो । छिमेकी मुलुक चीन र भारतसँगको समन्वयमा काठमाडौँ–रक्सौल र केरुङ–काठमाडौँ रेलमार्ग अघि बढेको उहाँले बताउनुभयो । जयनगर–जनकपुर निर्माण अघि बढाएकोसमेत उहाँले जानकारी दिनुभयो । आगामी आवमा झण्डा फहराएर जयनगर जनकपुर रेल सञ्चालन गर्न कार्यक्रम साथ अघि बढेको मन्त्री नेम्वाङले बताउनुभयो । गत आवमा कांकडभिट्टादेखि बुटवालसम्म पहिलो खण्ड विद्यतुतीय रेलमार्ग निर्माण अघि बढाइएको र यो आर्थिक वर्ष पनि कांकडभिट्टादेखि इनरुवासम्म रेलमार्ग निर्माणको काम थालनी गर्ने उहाँले सो अवसरमा जानकारी दिनुभयो । मन्त्री नेम्वाङले भन्नुभयो, “त्यसका लागि कार्यक्रमसहित उपयुक्त बजेट विनियोजन गरिएको छ ।”

कतिपय सांसदले मन्त्रालयले बजेट कम भएको भन्ने जिज्ञासामा उहाँले कोरोनाको कारण समग्र बजेट कम भए पनि कार्यक्रम राख्दा विगतदेखि जारी आयोजनलाई निरन्तरता दिने प्रयास गरिएको बताउनुभयो । विगतदेखि जारी कतिपय साना आयोजनालाई चालू आवमा पनि जारी राखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ती आयोजनाले प्रदेश र स्थानीय तहको पनि अघि सारेको विकासलाई सहयोग पुग्छ भन्ने विश्वास गरिएको छ ।”

महाकाली करिडोर टिङ्करसम्म सम्पन्न गर्नका लागि विगत वर्षभन्दा एक पैसा पनि कम नगरिएको मन्त्री नेम्वाङको भनाइ थियो । सो सडकमा ट्र्याक खोल्ने काम नेपाली सेनालाई जिम्मा दिइएको छ । विगतमा ट्र्याक खोलिएकामा सडकको स्तरोन्नति थालिएको छ ।

त्यस्तै, मन्त्रालयले कर्णाली प्रदेशका डोल्पाको दुनै र हुम्लाको सिमीकोट सम्पन्न गर्नुपर्छ भन्ने लक्ष्य लिएको छ । यो सडकलाई कोरोनाले असर गरेकाले आगामी वर्ष बाँकी एक जिल्लामा सडक पु¥याइने उहाँले बताउनुभयो ।

मन्त्री नेम्वाङले क्षेत्रीय भौगोलिक समानुपातिक रुपमा आयोजना राखिनुपर्ने कुरालाई ध्यान दिएर विगत वर्षमा छुटेको तराई मधेश सडक पूर्वाधार कार्यक्रमलाई आगामी आवमा समावेश गरिएको बताउनुभयो । यो आवबाट १६५ निर्वाचन क्षेत्रमा नै निर्वाचन क्षेत्र सडक निर्माण कार्यक्रम सञ्चालन हुनेछ । एउटा निर्वाचन क्षेत्रबाट अर्को क्षेत्र र एउटा जिल्लाबाट अर्को जिल्ला जोड्ने गरी रणनीतिक सडक निर्माणलाई अघि बढाइएको छ । निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि तीन अर्ब २० करोड विनियोजन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यी सडकले त्यहाँको कृषि उपज, उत्पादन, उद्योगलगायत धेरै क्षेत्र समेट्छ ।”

अहिले देशभर एक हजार पाँच सय पुल निर्माणाधीन रहेकामा तिनको निर्माण एकै वर्षमा सम्पन्न गर्न नसकिने उहाँले बताउनुभयो । कतिपय सांसदले सडक पुलका लागि पर्याप्त रकम विनियोजन नभएको र आफ्नो क्षेत्रमा नपरेको प्रश्न राख्नुभएकोमा उहाँले यी पुलको निर्माण सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो । बजेटको अभाव, निजी व्यवसायीको क्षमता अभावका कारण पुल निर्माणको ‘रिस्ट्रक्चरिङ’ गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । गत आवमा सडक र पुल मर्मत सुधारमा अपेक्षित काम भएकामा कोरोनाले त्यसलाई बाधा पु¥याएको मन्त्री नेम्वाङले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com