पाल्पा, १६ मंसिर । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी शनिबार साँझ बम विस्फोट भएको छ । डेढगाउँमा वाम गठबन्धनको चुनावी कार्यक्रम सकेर उनी दोभानतर्फ आफ्नो घर आउँदा बम विस्फोट भएको हो ।बम विस्फोट हुँदा लु१ज ३४२५ नम्बरको जिपमा क्षति पुगेको छ ।
तिनाउ गाउँपालिकाको दोभानस्थित डेढगाउँ नजिकैको जंगलमा बम विस्फोट हुँदा गाडी चालक घाइते भएका छन् । घर्तीसहित माओवादी कार्यकर्ता भने सामान्य घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तले बताए ।
प्रेस सन्टर रुपेन्दहीका अध्यक्ष भुवन कार्कीले जानकारी दिएअनुसार एम्बुसमा परी गाडी चालक तानसेन नगरपालिका–६, भरत श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको बुटवल अस्पताल प्रा.लि बुटवलमाउपचार भईरहेको कार्कीले जानकारी दिए । घर्ती पाल्पा निर्वाचन क्षेत्र नं २ प्रदेश क्षेत्र (ख) का वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।
प्रतिक्रिया दिनुहोस्