ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुमपश्चिम घटनाका दोषीमाथि कारवाही प्रारम्भः गृह मन्त्रालय


एबीसी न्यूज

काठमाडौं, १ असार ।  सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रुकुम पश्चिम घटनाको दोषीमाथि कानूनी कारवाही गर्न संवेदनशील रहेको जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज प्रेस विज्ञप्ति जारी गरी पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको जनाउनुभएको छ ।

उहाँले सो घटनाका सम्बन्धमा विस्तृत छानबिन तथा अनुसन्धानपछि न्यायिक निरुपणका लागि अभियोजन भइसकेको जनाउनुभएको छ । उहाँले मृतकको परिवार तथा घाइतेलाई मनासिव क्षतिपूर्ति भराउन अदालतमा माग दाबी भई पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको बताउनुभयो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती भन्ने स्थानमा गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ बस्ने नवराज विकसहित छ जनाको मृत्यु भएको थियो । घटनाका सम्बन्धमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले घटनाका सम्बन्धमा विस्तृत छानबिन गरी दोषीलाई कानूनबमोजिम कारबाही हुन सिफारिश गरेको छ ।

नेपाल प्रहरीको अनुसन्धानबाट दोषी देखिएका डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, परिवर्तित नाम ५४ (३६) १, सन्तोष मल्ल, मोहन पुन मगर, परिवर्तित नाम ५४ (३६)३, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्रकुमार मल्ल, इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३९, विष्णु मल्ल, विराज पुन मगर र सर्वजित भन्ने सविन पुनलाई ज्यानसम्बन्धी कसूरअनुसार सजाय माग गरिएको छ ।

प्रतिवादी इन्द्रबहादुर मल्लले सो घटनाको सूचना पाएर पनि सम्बन्धित निकायसमेतलाई कुनै जानकारी नगराई उक्त घटनालाई लुकाईछिपाई मतियारको कार्य गरेको र विनोद मल्ल, रेशम मल्ल समेतका प्रतिवादीले नवराज विकसमेतका व्यक्तिलाई लखेट्दै नियन्त्रणमा लिई कुटपिट गर्ने कार्यमा प्रतिवादी तुलबहादुर मल्ल, दिपेन्द्र चन्द, रमित पुन मगर र नवीनकुमार जिएमले सहयोग गरी मतियारको कार्य गरेकाले निज प्रतिवादी इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल, दिपेन्द्र चन्द, रमित पुन मगर र नवीनकुमार जिएमलाई कारबाहीको सिफारिश गरिएको छ ।

यस्तै प्रतिवादी परिवर्तित नाम थर ५४ रुकुम पश्चिम ३६, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(२) ले उल्लेखित घटनाको मुख्य षड्यन्त्र गरेको देखिएकाले निजले गरेको कार्य मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२ को दफा ३३ बमोजिम कसूर गरेकाले सोही दफाको उपदफा ९३० क बमोजिम सजाय हुन माग गरिएको छ । मृतक तथा घाइतेलाई घेरा हाली ढुङ्गा, लाठी समेतले प्रहार गर्ने प्रतिवादी तुलाराम घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, डिल्ली घर्ती, शौरभ पुन, भीमबहादुर बुढा, धनाराज राना र भीमबहादुर पुनले गरेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिवादी डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, परिवर्तित नाम थर ५४ (३६), परिवर्तित नाम ५४ (३६)१, परिवर्तित नाम ५४(३६)२, सन्तोष मल्ल, परिवर्तित नाम ५४ (३६)३, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्रकुमार मल्ल, ईन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्लले जातीय भेदभाव तथा छुवाछुत ९कसूर र सजाय० ऐन, २०६८ को दफा ४ (१) बमोजिम कसूर गरेको देखिन आएकाले सोही ऐनको दफा ७ को उपदफा १ (क) बमोजिम सजाय हुन माग गरिएको छ ।

प्रतिवादीमध्ये डम्बरबहादुर मल्ल सार्वजनिक पद धारण गरेको व्यक्ति जननिर्वाचित जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ का वडाध्यक्षसमेत भएको जिम्मेवार व्यक्तिले लकडाउनको समयमा जाजरकोटबाट केटाहरु गाउँमा छिरे तिनीलाई नियन्त्रणमा लिनुपर्छ भन्ने बहानामा गाउँलेलाई एकीकृत गराई नियन्त्रणमा लिन भनी उत्प्रेरित गरेको, गोईरी औलका व्यक्तिलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएको, साथै गाउँ छिरेका व्यक्तिलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारी अर्को तर्फ पठाई गाउँका मानिसलाई भेला जम्मा गरी झण्डै ४ किमी टाढा गइसकेका पीडितलाई पिछा गर्दै लखेट्दै ढुङगा, मुढा प्रहार गरी छ जनाको ज्यान लिने परिस्थिति सिर्जना गरेको गृह मन्त्रालयले जनाएको छ ।

हाल फरार रहेका प्रतिवादी तुलाराम घर्ती, क्वापे भन्े लोकेन्द्र घर्ती, भीमबहादुर बुढा, डिल्ली घर्ती र शौरभ पुनविरुछ पक्राउ पूर्जी जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com