
काठमाडौं, ३२ जेठ । एमसीसी परियोजनाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ।
आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी रहको नेकपा स्रोतले जनाएको छ । बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ ।
यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन नेकपामाथि दबाव छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।







प्रतिक्रिया दिनुहोस्