
काठमाडौं, ३२ जेठ ।विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)ले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ४१ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ८६५ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २१ लाख ४१ हजार ७८७ पुगेको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा आइतबार बिहानसम्म १ लाख १७ हजार ५२४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६९९ जनाको मृत्यु भएको छ । कुल संक्रमितमध्ये ८ लाख ५० हजार २२३ जना संक्रमणमुक्त भएका छन् भने ११ लाख ७४ हजार ४० जनाको उपचार भइरहेको छ ।







प्रतिक्रिया दिनुहोस्