ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वसम्मतिमा प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक पारित


एबीसी न्यूज

काठमाडौं, ३१ जेठ  । नेपालको वास्तविक भूगोल समेटेर नक्सा सार्वजनिक भएपछि निशान छाप परिमार्जनका लागि सरकारले अघि बढाएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

शनिवार बसेको प्रतिनिधिसभाको बैठकले संशोधन विधेयक पारित भएको हो । संसदमा सबै दलले राष्ट्रिय अखण्डताका विषयमा अद्भुत एकता देखाएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाङ्फेले विधेयक पारित गर्नका लागि प्रस्तुत गरेको प्रस्तावमा मतदान भएको थियो ।

मतदानमा विधेयकको पक्षमा २५८ मत परेको थियो । संविधान अनुसार संशोधन विधेयक पारित गर्न दुई तिहाईमत आवश्यक पर्दछ । सभामुख अग्नी सापकोटाले विधेयक स्वीकृत भएको घोषणा गर्दा बैठक हलमा तालीको गडगडाहट सुनिएको थियो । विपक्षीमा शुन्य मत परेको थियो ।

प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा पठाइने छ । राष्ट्रिय सभामासमेत दुई तिहाइ बहुमतबाट विधेयक पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले स्विकृत गरेपछि नयाँ नक्सा सहितको निशान छाप कार्यान्वयनमा आउनेछ ।

कार्यान्वयनमा आएपछि नेपालको निशान छाप प्रयोग हुने सम्पूर्ण सरकारी लेटरप्याड, होर्डिङ् बोर्ड र ब्याचजस्ता सामग्रीहरू परिवर्तन गर्नु पर्ने हुन्छ । संविधानसभाबाट नेपालको संविधान जारी भएपछिको यो संसद्‌मा दर्ता भएको दोस्रो संशोधन विधेयक हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com