
काठमाडौं, ३१ जेठ । । जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले नेपाल भारतको सीमा समस्या समाधानका लागि वार्तामार्फत् समस्याको समाधान गर्नुपर्ने बताउनुभएको छ ।
उहाले आज संविधान संसोधन विधेयकमाथिको दफावार छलफलका क्रममा महाकाली सम्झौता गर्दा प्रस्तावनामा सुगौली सन्धिको क्षेत्रअधिकार भन्दा पछाडी धकेल्ने बेइमानी भएको बताउनु भएको छ । सुगौली सन्धी अपमानजनक रहेको भन्दै काली नदि सीमा मानिएको र काली नदि भनेको महाकाली नदि नै भएको उल्लेख गरेको भन्दै पश्चिमतर्फ आफ्नो दाबी छाड्ने विषय उल्लेख बताउनुभयो ।
महाकाली सन्धीले महाकाली नदी साझा नदी भएको उल्लेख गरिएको भन्दै त्यसमा संलग्न सबैले माफी माग्नुपर्ने समेत उहाले बताउनुभयो ।
नेता यादवले सदनै प्रश्न गर्दै ‘ महाकाली सन्धी गर्दा नदीको मुहान किन टुंगो नलगाएको छ । नेपालको नक्सामा रहेको चुच्चो कसको पालामा किन गायव भयो । संसदलाई जानकारी चाहियो । नक्साको प्रमाण खोज्न सरकारले हिजोमात्रै कमिटि गठन गरेर उल्टो बाटो हिडेर कहाँ पुगिन्छ ।’उहाले भन्नुभयो । पहिलो राष्ट्रिय एकता यहाँ खोज्नुपर्छ । संक्रिणतावादी भावना त्याग्नुस । विगत ६० वर्षदेखि कालापानी क्षेत्रमा सैनिक व्यारेक राखिएको छ । चीन र भारतबीचमा समेत लिपुलेकका विषयमा समझदारी भएको छ । त्यसबेलादेखि बनेका सरकारले किन ध्यान नदिएको भन्दै उहाले प्रश्न गर्नुभयो ।







प्रतिक्रिया दिनुहोस्