ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजको दिन नेपालको लागि ऐतिहासिक दिन र खुसीको दिन – राजेन्द्र महतो


एबीसी न्यूज
जेष्ठ ३१, २०७७ शनिबार  २ : ५५ बजे

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले आजको दिन नेपालको लागि ऐतिहासिक दिन रहेको बताउनुभएको छ ।

उहाँले देशको भूमि संविधानमा लेखाउने कुरा अति नै खुसीको कुरा रहेको र यो देशको सार्वभौमसत्ता र अखण्डताको पक्षमा एकजुट हुने दिन रहेको पनि बताउनुभयो । जसपाका नेता महतोले सबै नेपाली जनता आफ्नो देश र भूमिप्रति सजग र संवेदनशील रहेको र यो कुरा संसदमा कामबाट देखिनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रियताको सवालमा देश एकजुट हुने भए पनि आफूहरुलाई हेर्ने दृष्टिकोण फरक रहेकोमा भने आपत्ति जनाउनुभयो ।

नेपालको भूमि समेटेर नयाँ नक्सा संविधानमै राख्नको लागि प्रस्ताव आएको र आफ्नो दलले सहमति दिइसकेको उहाँले बताउनुभयो ।
संविधानका धेरै कुरामा आफूहरुको गम्भीर असहमति रहेको तर राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको मामिलामा आफूहरु दायाँबायाँ नहुने महतोको भनाइ छ ।

नेता महतोले नक्सामात्रै बनाउनेभन्दा पनि भूमि फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव समेत दिनुभयो । उहाँले संविधानमा कैयौँ असन्तुष्टि हुँदा हुँदै पनि राष्ट्रियता र भूमिको सवाल उठेकोले सबै असन्तुष्टिलाई थाती राखेर जसपाले सर्वसम्मतीले समर्थन गरेको बताउनुभयो । नेता महतोले महाकाली सन्धि गर्नु गम्भीर गल्ती भएको बताउनुभयो ।

महाकाली सन्धिले नै महाकाली नदीको स्रोत छुट्याएको भन्दै नेता महतोले महाकाली सम्झौता राष्ट्रघाती सम्झौता भएको बताउनुभयो । सन्धी गर्नेहरुलाई कारबाही गर्न नेता महतोले माग गर्नुभयो । मधेशी समुदायलाई राष्ट्रघाती भनेर जहिल्यै हेप्ने गरेकोमा उहाँले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com