
काठमाडौं, २८ जेठ । सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चैत ११ देखि जारी लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो ।
एक मन्त्रीले भन्नुभयो, लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने भनिएको छ ।’ उहाका अनुसार काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । यसबारे भोलि सरकारले विस्तृत जानकारी दिने उहाले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो संसदलाई सम्बोधन गर्दै लकडाउन सहज बनाउन लागेको वनाउनुभएको थियो । चैत ११ गतेदेखि जारी लकडाउन निरन्तर लम्बिँदा दैनिक जीवनयापनमै समस्या पर्न थालेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो ।







प्रतिक्रिया दिनुहोस्