चितवन, २७ जेठ । भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ । यो सगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने को संख्या १५ पुगेको छ ।








प्रतिक्रिया दिनुहोस्