ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको कारण ६ करोड मानिस गरिबीको रेखाभन्दा तल पुग्ने छन् –   विश्व बैंक


एबीसी न्यूज
जेष्ठ २५, २०७७ आईतबार  २ : ३७ बजे

काठमाडौं २५ जेठ ।  विश्व बैंकका अध्यक्ष डेभिड मालपासले कोरोना भाइरस महामारी विश्वभरको आर्थिक व्यवस्थाको लागि एक ठूलो विनाशकारी झट्का भएको बताएका छन् ।

कोरोना महामारीको कारण करोडौँ मानिसको जिन्दगीमा असर पर्न सक्ने विश्व बैंकका अध्यक्ष मालपासले चेतावनी दिएका छन् । उनले अर्थव्यवस्थामा हुने नोक्सान एक दशकसम्म रहिरहने आशङ्का गरेका छन् ।

मे महिनामा मालपासले कोरोना भाइरसको प्रभावको कारण झण्डै ६ करोड मानिस अत्यधिक गरिबीतर्फ धकेलिने बताएका थिए ।

विश्व बैंकका अनुसार अत्यधिक गरिबीतर्फ धकेलिनुको अर्थ कुनै व्यक्तिसँग जीवन जीउनको लागि एक दिनमा १ दशमलव ९० डलरभन्दा कम हुनु हो ।

शुक्रबार दिएको अन्तर्वार्तामा मालपासले ६ करोडभन्दा धेरै मानिसहरुले अब प्रत्येक दिन १ पाउण्डभन्दा कम रकममा जीवन जीउन बाध्य हुनुपर्ने जनाएका थिए ।

बीबीसी रेडियो ४ को कार्यक्रम ुद वर्ल्ड दिस विकेन्डु मा मालपासले कोरोना महामारी र त्यसपछिको लकडाउनले विश्वभरका करोडौँ मानिसको जिन्दगी प्रभावित गरेको बताए ।

यो दुई कारणले मानिसहरुको आम्दानी कम भएको छ भने साथै मानिसहरु स्वास्थ्यप्रति र सामाजिक मेलमिलापप्रति निकै नै सजग भएका छन् ।

मालपासका अनुसार कोरोना भाइरसलाई निकै मुश्लिक ढङ्गले सामना गरिरहेका मानिसहरु नै धेरै प्रभावित भएका छन् ।

मालपासले भने, ुअमेरिकामा स्टक मार्केट अपेक्षा गरिएको भन्दा माथि नै छ तर गरिब देशका मानिसहरु केवल बेरोजगार भइरहेका छन् र उनीहरुले असङ्गठित क्षेत्रबाट पनि काम पाइरहेका छैनन् । यसको असर एक दशकसम्म रहनेछ ।

विश्व बैंक आफ्ना सहयोगीहरुसँग मिलेर सबैभन्दा प्रभावित देशमा सहयोग पुर्‍याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com