ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्फ्युबीच अमेरिकाका दर्जनौं सहरमा प्रदर्शन : ३० सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएका छन्


एबीसी न्यूज

वासिङ्टन  १९ जेठ ।  एक अश्वेत नागरिकको मृत्यु प्रकरणको विरोधमा अमेरिकाका विभिन्न सहरमा भएका प्रदर्शन हिंसात्मक बन्दै गएपछि दर्जनौं सहरमा कर्फ्यु लगाइएको छ । तर प्रदर्शनकारीले अधिकांश सहरमा कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

१६ राज्यका कम्तीमा ३० सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएका छन् । २५ सहरमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा उत्रेका सीएनएनले जनाएको छ । प्रदर्शनकारीले प्रहरीका गाडीमा आगो लगाइदिएका छन् । दंगा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन् । कतिपय सहरका पसलहरूमा लुटपाट भएको छ भने प्रदर्शनकारीले प्रहरी कार्यालय तथा भवनहरू तोडफोड गरेका छन् ।

सीएनएनका अनुसार क्यालिफोर्निया, कोलोराडो, फ्लोरिडा, जर्जिया, इलिनोय, केन्टुकी। मिनेसोटा, न्युयोर्क, ओहायो, ओरेगन, पेन्सिल्भानिया, साउथ क्यारोलिना, टेनेसी, युटा, वासिङटन र विस्कन्सिन राज्यका २५ सहरमा कर्फ्यु लगाइएको हो ।

एक प्रहरी अधिकारीको ज्यादतीका कारण अफ्रिकी मूलका जर्ज फ्लोइडको ज्यान गएपछि त्यसको विरोधमा अमेरिकाका विभिन्न सहरमा विरोध प्रदर्शन गरिएको हो । सामाजिक सञ्जालमा भाइरस बनेको एक भिडियोमा एक प्रहरी अधिकारीले फ्लोइडको घाँटीमा घुँडा टेकेको देखिन्छ । फ्लोइडले आफूलाई सास फेर्न गाह्रो भएको बताएका समेत भिडियोमा सुन्न सकिन्छ ।

हत्यामा संलग्न ४४ वर्षीय पूर्वप्रहरीलाई पक्राउ गरी हत्या अभियोगमा मुद्दा चलाइएको छ । अधिकारीहरूले उनलाई सोमबार अदालतमा पेस गरिने जनाएका छन् । घटनापछि उनीसहित ४ जना प्रहरीलाई बर्खास्त गरिएको थियो । घटनास्थलमा रहेका अन्य तीन प्रहरी पनि पदमुक्त भएका छन् ।

कहाँ के भयो ?

अमेरिकाका कम्तीमा ३० वटा सहरमा ठूला प्रदर्शनहरू भए । एट्लान्टामा कर्फ्यु उल्लंघन गर्ने ७० जनालाई प्रहरीले पक्राउ गरेको छ । हिंसात्मक प्रदर्शनपछि एट्लान्टामा शनिबार साँझ ९ बजेदेखि कर्फ्यु लगाइएको थियो । प्रहरीले शनिबारको तुलनामा आइतबार प्रदर्शनकारीको संख्या निकै घटेको जनाएको छ ।

सियाटलमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले कम्तीमा २७ जनालाई नियन्त्रणमा लिएको छ । सियाटल प्रहरीका अनुसार उनीहरूलाई लुटपाट, आगजनी तथा विश्वंसात्मक कार्य गरेकाले पक्राउ गरिएको हो । सियाटलमा स्थिति नियन्त्रणमा लिन नेसनल गार्डले प्रहरीलाई सघाइरहेको सीएनएनले जनाएको छ ।

न्युयोर्कमा भएको प्रदर्शनका क्रममा प्रहरीले ३ सय ७० जनालाई पक्राउ गरेको छ । त्यस्तै, एक जत्थाले ढुंगामुडा गरेपछि प्रहरीको ट्रक प्रदर्शनकारीमाथि जोतिएको दृश्य सार्वजनिक भएको छ । घटनामा एक व्यक्ति घाइते भएको सीएनएनले जनाएको छ । उक्त घटनाका कारण प्रदर्शनकारी थप आक्रोशित भएको जनाइएको छ । न्युयोर्कका मेयर बिल डे ब्लासियोले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

ज्याक्सनभिलमा एक प्रहरी अधिकारीको घाँटीमा धारिलो हतियारले प्रहार गरिएको छ । उनको अस्पतालमा उपचार भइरहेको फ्लोरिडा प्रहरीले जनाएको छ । प्रदर्शनकारीले प्रहरीलाई ढुंगा र इँटाले प्रहार गरेको जाइएको छ ।

मिनियापोलिसमा कर्फ्यु तोड्ने दर्जनौंलाई प्रक्राउ गरिएको छ । प्रदर्शनका क्रममा छिटफुट हिंसा भए पनि कोही गम्भीर घाइते नभएको प्रहरीले जनाएको छ । कतिपय स्थानमा समाचार संकलनका लागि खटिएका पत्रकारहरूलाई समेत गिरफ्तार गरिएको सीएनएनले जनाएको छ ।

लस एन्जलसमा प्रहरीले भीड तितरबितर पार्न रबरको गोली प्रहार गरको छ । प्रदर्शनकारीहरूले बोतल प्रहार गर्नुका साथै प्रहरीका गाडीमा आगो लगाइदिएका छन् । त्यसका साथै, प्रहरीका क्षतिग्रस्त गाडीमाथि प्रदर्शनकारीहरू उभिएर नाराबाजी गरेको जनाइएको छ । क्यालिफोर्नियाका गभर्नरले लस एन्जलस काउन्टीमा संकटकाल घोषणा गरेका छन् ।

त्यसैगरी, सान फ्रान्सिस्कोमा कर्फ्यु जारी गरिएको जनाउँदै मेयर लन्डन ब्रिडले नेसनल गार्डलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।

सिकागोमा प्रदर्शनकारीहरूले दंगा प्रहरीमाथि ढुंगा हानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सिकागो प्रहरीले शनिबार केही प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

वासिङटन डीसीमा दोस्रो दिन पनि ठूलो भीड राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाहिर भेला भएको जनाइएको छ । मिजोरी राज्यको फर्ग्युसनस्थित प्रहरी कार्यालय आन्दोलनकारीले जलाइदिएका छन् ।

इन्डियानापुलिसमा भएको प्रदर्शनका क्रममा गोली चलेको छ । प्रहरीले एकजनाको ज्यान जानुका साथै दुई घाइते भएको जनाउँदै अनुसन्धान भइरहेको बताएको छ । घटनामा एक प्रहरी अधिकारी घाइते भएका छन् ।

ट्रम्पले के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लुटेरा र अराजकहरू’ ले हिंसा फैलाएको आरोप लगाएका छन् । ट्रम्पले फ्लोइडको मृत्युबाट ‘अमेरिकीहरूमा त्रास, आक्रोश र शोक’ छाएको बताए । शान्तिका पक्षमा रहेका अमेरिकीलाई आफूले साथ दिने उनले बताए ।

घृणा र अशान्तिको साटो उपचार र न्याय आवश्यक भएको ट्रम्पको भनाइ छ । ‘म आक्रोशित भीडलाई मान्यता दिन सक्दिन, त्यसो हुँदैन,’ उनले भने । ट्रम्पले प्रदर्शन रोक्न असफल भएको भन्दै मिनियापलिसका नगरप्रमुखको आलोचना गरे । हिंसा नरोकिए नेसनल गार्ड परिचालन गर्ने ट्रम्पको भनाइ छ ।

यसैबीच, पूर्वउपराष्ट्रपति तथा आगामी राष्ट्रपतीय चुनावमा ट्रम्पका सम्भावित प्रतिस्पर्धी जो बाइडेनले ‘ज्यादतीको विरोध गर्नु अमेरिकीको अधिकार भएको र त्यो आवश्यक देखिएको’ बताएका छन् । तर उनले त्यस्ता विरोध प्रदर्शन शान्तिपूर्ण हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com