ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिम सेती बन्ने भएपछि चर्चासँगै खुशीयाली


एबीसी न्यूज
जेष्ठ १८, २०७७ आईतबार  ८ : १२ बजे


काठमाडौं, १८ जेठ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ, बैतडी र डोटीको सीमाक्षेत्र तलारामा निर्माण हुने ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती परियोजनाको पुनः चर्चा शुरु भएको छ । लामो समयदेखि चर्चामा रहेको उक्त परियोजना निर्माणमा सरकारले निरन्तरता दिने भन्दै बजेट भाषणमार्फत जानकारी गराएसँगै यहाँका स्थानीयवासी खुशी भएका छन् ।

अहिले यहाँका नागरिकमा पश्चिम सेती बन्ने विषयमा निकै खुशीयाली छाएको शिखर नगरपालिका–८ का डिबी धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले बजेट भाषणमार्फत पश्चिम सेती निर्माणमा निरन्तरता दिने भनेको छ, बजेट भाषणमा सीमित नहोस्, काम चाँडो शुरु होस् ।”

पश्चिम सेती परियोजना सम्पन्न भएपछि सिङ्गो सुदूरपश्चिमका जनता विकासका हिसाबले समृद्ध हुने भएकाले उक्त परियोजना चाँडो निर्माण गर्नुपर्ने यहाँका स्थानीयवासीको पहिलो माग रहेको नगरपालिका–१० बानीडुग्रीसैनका प्रेमबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमलाई समृद्ध बनाउनु छ भने पश्चिम सेती बनाउनुपर्छ, अरु केही गर्नु पर्दैन ।”

सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयवासीले गुनासोसमेत गरेका थिए । पश्चिम सेती आयोजना निर्माण सम्पन्न भए लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिने मात्र होइन, वर्षौँदेखि पिछडिएका, राज्यको मूलधारबाट समेत उपेक्षित जनतालाई पनि लाभ पुग्ने डोटीका काँग्रेस नेता दीपकबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “परियोजना बन्ने हल्ला चलेको तीन दशक भइसकेको छ, अहिलेसम्म सामान्यबाहेक केही काम भएको छैन, लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिने हो भने अब पश्चिम सेती चाँडै बन्नुपर्छ ।”

पश्चिम सेती बन्ने हल्ला शुरु भएको समयमा जन्मेका मानिसलाई केही वर्षमै बुढ्यौली छुँदैछ । आयोजना बन्ने हल्ला हल्लामै मात्र सीमित भएको भन्दै कतिपयले अब पनि पश्चिम सेती बन्छ भन्नेमा खासै विश्वास गरेका छैनन् । अर्का स्थानीयवासी डिलबहादुर सिंहले भन्नुभयो, “सरकारले बर्सेनि बजेट भाषणमा पश्चिम सेती बनाउने भन्छ, कतिपटक त विभिन्न कम्पनीसँग सम्झौता पनि भयो, अब पनि के बन्ला र रु काम उही, नेता उही । विकास गर्न चाहेका हुन् भने काम सम्पन्न गर्नुपर्छ ।”

बजेट भाषणमा पश्चिम सेती निर्माण गर्ने भनिएपछि निर्माणका लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी राजनीतिक नाफाघाटा नहेरी विवादरहित ढङ्गले काम शुरु गर्नुपर्ने यहाँका स्थानीयवासीको माग छ । पश्चिम सेती बन्ने हल्लापछि अहिले ड्यामसाइट तथा प्रभावित क्षेत्रमा सरकारी राहत पाउने आशामा स्थानीयवासी सबैभन्दा बढी खुशी भएका छन् ।

नेपाल सरकारले आफ्नै लगानीमा जलाशययुक्त उक्त आयोजना निर्माण गर्ने बताए पनि सरकारले निर्माण गर्ने कुरामा कुनै विश्वास नभएको आर्दश गाउँपालिकाका नेविसङ्घका नेता गोविन्द खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले पश्चिम सेती बनाउँछ भन्नु मूर्खता हो, विदेशी ठूला कम्पनीले हात नहालुञ्जेल पश्चिम सेती बन्दैन, बोलीले होइन कामले बन्ने हो ।” पश्चिम सेती जलविद्युत् आयोजनाका नाममा बर्सेनि डोटीलगायत सुदूरपश्चिममा राजनीति हुन थालेको भन्दै यहाँका स्थानीयवासी नेताप्रति आक्रोशित हुँदै आएका छन् । “पश्चिम सेती बन्ने भन्ने फेरि खबर आएको छ, जनता ढाँट्ने काम नहोस्”, पश्चिम सेती निर्माणस्थलका स्थानीय टेकबहादुर सिंहले भन्नुभयो, “अब पश्चिम सेतीका नाममा जनतालाई नठगियोस्, काम सम्पन्न भएरै छाडोस् ।”

पश्चिम सेती बन्ने खबर आएपछि डोटीको तलारा र बैतडीको ढुङ्गाड क्षेत्रका स्थानीयवासी खुशी भएका छन् । केही समय पहिले थ्री गर्जेज कम्पनीले पश्चिम सेती नबनाउने भन्दै आफ्ना उपकरण लगेपछि निराश बनेका यहाँका स्थानीयवासी सरकारले बजेट भाषणमार्फत पश्चिम सेतीको कामलाई निरन्तरता दिने बताएपछि अहिले जिल्लावासी फेरि खुशी भएका छन् । उनीहरु भन्छन्, “पश्चिम सेती बनाउने कति आए, कति गए कसैले निर्माण गर्न सकेका छैनन्, अब हामीलाई धोका नहोस्, जस्तो परिस्थिति आए पनि काम शुरु होस् ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com