ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले बजेटमार्फत कोरोनाका कारण असर परेको अर्थतन्त्रलाई माथि उकास्न विभिन्न कार्यक्रम – अर्थमन्त्री


एबीसी न्यूज

काठमाडौं, १६ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न सरकारले बजेट मार्फत करिब ६० अर्ब रुपैयाँ खर्च गर्न लागेको बताउनुभएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट मार्फत कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई उकास्न विभिन्न कार्यक्रम मार्फत ५५ अर्ब देखि ६० अर्ब रुपैयाँ सम्म खर्च गर्ने गरी कार्यक्रम ल्याइएको बताउनुभयो । शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा प्रविधि मन्त्री खतिवडाले सरकारले बजेटमार्फत कोरोनाका कारण असर परेको अर्थतन्त्रलाई माथि उकास्न विभिन्न कार्यक्रमबाट राहतको व्यवस्था गरेको बताउनुभयो ।

आर्थिक क्रियाकलापलाई पूँजी क्षय हुन नदिन र उद्योगी व्यवसायिको मनोबल माथि उठाउन सामाजिक कार्यक्रम र राहतका क्षेत्रमा ठूलो आकारको बजेट छुट्याइएको मन्त्री खतिवडाले बताउनुभयो । उहाँले राहतको प्याकेज होमोजोनस नहुने र राहत नगदमा, छुटमा, प्रोत्साहनमा, सस्तो ब्याजमा दिइने ऋणमा, बीमा शुल्कमा दिइने छुट र कर छुटमा दिइएको बताउनुभयो । बजेटले रोजगार सिर्जना गर्ने, उद्योग व्यवसायलाई सुचारु गर्ने, र नयाँ लगानी बढाउने विषयमा सम्बोधन गरेको बताउनुभयो । प्रधानमन्त्री रोजगारी कार्यक्रम मार्फत ३ अर्ब, विद्युत छुटमा ८ अर्ब, सहुलियतपूर्ण कर्जाका लागि १४ अर्ब, पुर्नकर्जाका लागि २० अर्ब रकम खर्च हुने बताउनुभयो । यस्तै कर छुट मार्फत साढे ६ अर्बको राहत मिल्ने र खाद्यान्न विक्री वितरणमा १० प्रतिशत छुट दिदा ५० करोड भन्दा बढी रकम खर्च हुने बताउनुभयो ।

बजेटमा ७ लाख भन्दा बढीलाई रोजगारी सिर्जना गर्ने गरी कार्यक्रमहरु समावेस गरिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम, साना किसान कर्जा कार्यक्रम, युवा स्वरोजगार, गरिवका लागि लघु उद्यम कार्यक्रम, वन पैदावार सम्बन्धी कार्यक्रम, गरिवी निवारण कोष, प्राविधिक व्यवसायीक तालिम, सीपमुलक कार्यक्रम लगायतबाट रोजगारी बढाउने गरी बजेट विनियोजन गरिएको बताउनुभयो ।

आन्तरिक उत्पादनलाई राजश्वको मुख्य आधार बनाउने र आयातित बस्तुमाथिको निर्भरतालाई कम गर्दै जाने नीति बजेटले लिएको बताउनुभयो । कोरोना भाइरसका कारण आन्तरिक आर्थिक क्रियाकलाप संकुचित भएको अवस्थामा थप करको बोझ नबढाइएको तर यथावत राखिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । यस्तै एक दर्जन वस्तुहरुको अन्तशुल्क घटाइएको समेत उहाँले बताउनुभयो । भन्सार तर्फ आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा फरक पारिएको उहाँले बताउनुभयो । तयारी वस्तु भन्दा कच्चा पदार्थको भन्सार दर एक तह कम गरिएकोे बताउनुभयो । पेट्रोलियम पदार्थ र सुनचाँदीको मूल्यलाई भने भारतसँगको मूल्यमा एकरुपता ल्याउनको लागि भन्सार दर बढाइएको बताउनुभयो । भन्सार दर बढाइएपनि पेट्रेलियम पदार्थको मूल्य तत्काल नबढ्ने उहाँले स्पस्ट पार्नुभयो । उहाँले पेट्रोलियम खपत कम गर्नका लागि विद्युतीय सवारी साधन आयात खुकुलो पारिएको तर महँगो विद्युतीय गाडी आयात हुँदा दुई वर्षको पेट्रोलियम आयात धान्ने पैसा बाहिरिएकोले कर बढाइएको बताउनुभयो ।

उच्च आर्थिक वृद्धि गर्न लगानी बढाउनु पर्ने र निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने गरी बजेट आएको उहाँले बताउनुभयो । जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखी खर्चको प्रकृति बढेकाले आगामी आर्थिक वर्ष आर्थिक विकासलाई तिब्र पार्नुपर्ने चुनौति रहेको समेत उहाँले बताउनुभयो । त्यसका लागि छिटो प्रतिफल दिने, आगामी आर्थिक वर्ष भित्रमा सम्पन्न हुने आयोजनाका लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । त्यस्तै अर्थतन्त्रमा दिर्घकालीन गेमचेन्जरको रुपमा रहेका आयोजनालाई पनि विस्तारै अगाडि बढाउने गरी बजेटले व्यवस्था गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com