ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट ९० अर्ब मात्र रहेकोले अहिलेको परिस्थितिसँग जुध्न कठिन


एबीसी न्यूज

काठमाडौं, १५ जेठ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोरोना महामारीको विषयम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताउनुभयो । बजेट सिर्जनात्मक, प्रगतिशिल, जनपक्षिय र समाजवादउन्मुख ढंगले आएको उहाँले बताउनुभयो । बजेटले सबै जनता र खासगरी निम्न वर्गका जनतालाई राहत दिने गरी आएको उहाँले बताउनुभयो । आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको अनुमान वस्तुवादी भएकाले बजेटको स्रोतहरु त्यसैबाट जुट्ने उहाँले बताउनुभयो ।

नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले बजेटले अहिलेको आवश्यकतालाई सम्बोधन गरेको बताउनुभयो । व्यापक रुपमा कोरोना फैलिरहेको बेला यसको सामना कसरी गर्ने, स्वास्थ्य समस्या कसरी सम्बोधन गर्ने, रोजारीको समस्या कसरी सम्बोधन गर्ने र कृषि क्षेत्रलाई कसरी गर्ने भन्ने कुराहरु बजेटमा सम्बोधन भएको उहाँले बताउनुभयो ।

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बजेट परम्परागत रुपमा आएकाले वर्तमान समस्याको समाधान नगर्ने बताउनुभयो । वित्तीय व्यवस्थापनको क्षेत्रमा सिद्धान्तको रुपमा ठिक रहेको उल्ले गर्दै उहाँले कोरोना महामारीबाट न्यूनिकरणको लागि गरिएको व्यवस्था, व्यवसायीलाई राहत दिने, रोजगारी सिर्जना गर्ने, कृषि क्षेत्रमा प्राथमिकता दिने कुरा कार्यान्वयनमा जान कठिन हुने गरी बजेट ल्याइएको बताउनुभयो । बजेट चालु आर्थिक वर्षको भन्दा कम भएको र राजस्व समेत घटेको अवस्थामा विशेष क्षेत्रलाई बढी लक्षित गरेर बजेट ल्याउनुपर्ने बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट ९० अर्ब मात्र रहेकोले अहिलेको परिस्थितिसँग जुध्न कठिन हुने बताउनुभयो । पूर्व अर्थमन्त्री समेत रहनुभएका कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटमा धेरै कुरा आएको भएपनि प्राथमिकतामा कुनै पनि क्षेत्र नपरेको टिप्पणी गर्नुभएको छ । स्वास्थ्य, रोजगारी तथा शिक्षामा आएका विषयहरु पुरानै प्रकृतिको भएको उहाँले बताउनुभयो । कृषि क्षेत्रको विकासमा पनि खासै योजना आउन नसकेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम बढाइएको र उक्त रकम फेरी दुरुपयोग हुनेगरी ल्याईएको बताउनुभयो । समग्रमा बजेट आश्वासन मुखि भएपनि कार्यान्वयनको दिशामा विगतको निरन्तरतालाई जोड दिएको बताउनुभयो । कोरोना भाइरसबाट प्रभावित भएका क्षेत्रमा पनि राम्रोसँग, उत्साहित रुपमा काम गर्ने गरी कार्यक्रम बजेटमा समावेस नभएको उहााले बताउनुभयो ।

जनता समाजवादी पार्टीका सांसद लक्ष्मण लाल कर्णले बजेटमा पुरा हुने कुनै पनि योजनाहरु नआएको बताउनुभयो । कनिाका छरेजस्तो बजेटमा उल्लेख भएका कुराहरु केही पनि पुरा हुने अवस्था नरहेको उहाँले बताउनुभयो । बजेटको स्रोतको मुल आधार वैदेशिक ऋण र सहयोग हुने भनेर काल्पनीक बजेट आएको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले अहिलको परिस्थितिलाई ख्याल नगरी बजेट ल्याइएको बताउनुभएको छ । सरकारले अबको २, ३ महिनाभित्रै कोरोना पूर्ण रुपमा नियन्त्रणमा आउने विश्वासका साथ खर्च जुटाउने र खर्च गर्ने संकल्प लिएको बताउनुभयो । कोरोनाबाट नेपाल मुक्त हुने र यसबाट हामी कही पनि प्रभावित हुँदैनौ भन्ने आत्मविश्वास राखेको बताउनुभयो । कोरोना महामारीको भविष्य अहिले किटान नभएको अवस्थामा अहिलेको बजेटबाट ठूलो अपेक्षा गर्न नसकिने उहाँले बताउनुभयो ।

नेकपा सांसद गोकुल बास्कोटाले स्वास्थ्य क्षेत्रका कर्मचारी बाहेक अन्य कर्मचारीहरु र विलासिताका क्षेत्रहरु कटौती गरिनु सकारात्मक भएको बताउनुभयो । अहिलेको परिस्थितिको अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यर्कीहरुलाई प्रोत्साहन गर्दै सरकारले बजेट ल्याउनु सकारात्मक भएको उहाँले बताउनुभयो । अन्य क्षेत्रका कर्मचारीहरुलाई केही असन्तुष्ट बनाए पनि स्वभाविक रुपमा लिनुपर्ने उहाँको भनाई छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रमा पारेको असरलाई कम गर्ने र नागरिकको जीवन रक्षासँग केन्द्रीत भएर बजेट आएको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा झण्डै २२ अर्ब बढी बजेट विनियोजन हुनुले स्वास्थ्य क्षेत्र बढी प्राथमिकतामा परेको उहाँले बताउनुभयो ।

कृषि क्षेत्रलाई आधुनिक बनाउने र ठूलो संख्यामा जनशक्ति परिचालन गर्दै रोजगारी सिर्जना गर्ने तर्फब जेट केन्द्रीत भएको उहाँको भनाई छ । मन्त्री भट्टराईले विदेशबाट फर्केका नेपालीको सीपलाई प्रयोग गरी स्वरोजगार बनाउने तर्फ बजेट उन्मुख भएको समेत बताउनुभयो । सबैभन्दा धेरै धक्का परेको पर्यटन व्यवसायमा कर छुट, सस्तो ब्याजमा ऋण दिने व्यवस्था, त्यस्तै कर्मचरीको सुरक्षाका लागि कोषको व्यवस्था गरेकोले बजेट सन्तुलित रहेको भट्टराईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com