ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनकोशी मरिन डाइभर्सन आयोजनाका लागि दुई अर्ब ४६ करोड बराबरको बजेट विनियोजन


एबीसी न्यूज
जेष्ठ १५, २०७७ बिहीबार  ५ : ३० बजे


काठमाडौं, १५ जेठ  । सरकारले नदी पथान्तरण आयोजनालाई विशेषरुपमा अगाडि बढाइरहेका सन्दर्भमा तराई–मधेशमा सिँचाइ सुविधा उपलब्ध गराउने सुनकोशी मरिन डाइभर्सन परियोजनाका लागि बजेट विनियोजन गरिएको छ ।

अर्थमनत्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सुनकोशी मरिन डाइभर्सन आयोजनाका लागि रु दुई अर्ब ४६ करोड बराबरको बजेट विनियोजन गर्नुभएको छ । सो रकम सुरुङमार्ग निर्माणलगायतका काममा खर्च गरिने भएको छ ।

सो आयोजनाको चालू आवमा नै प्रारम्भिक काम शुरु भइसकेको छ । सो आयोजनाबाट प्रदेश नं २ का बारा, पर्सा, रौतहटलगायतका जिल्लाका एक लाख २१ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।

स्रोत तथा सिँचाइ विभागले अघि बढाइरहेको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । आयोजनाका प्रमुख सुशील आचार्यका अनुसार सुरुङको डिटेल डिजाइन निर्माण कार्यसमेत सकिन लागेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन निर्माणको अन्तिम चरणमा छ । आयोजनाको सुरुङ खन्न प्रयोग गरिने टनेल बोरिङ मेसिन ९टिबिएम० को डिजाइनसमेत निर्माण भइरहेको आचार्यले जानकारी दिनुभयो ।

सुनकोशीको पानी मरिनमा सुरुङमार्फत लगेर जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनामा कूल रु ४६ अर्ब १९ करोड लाग्ने अनुमान गरिएको छ । यस्तै बाँकी संरचना निर्माण गर्नका लागि झण्डै रु ३० अर्ब लाग्ने बताइएको छ । आयोजनाबाट कूल २८ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–६ को कानढुङ्ग्री नजिक सुनकोशी नदीमा १२ मिटर उचाइको बाँध राखी ६७ क्युविक प्रतिसेकेन्ड पानी १३.१ किलोमिटर सुरुङबाट कमलामाई नगरपालिका–२ को कुसुमटारस्थित मरिन खोलामा पानी खसाल्ने गरी डिजाइन गरिएको छ । चालू आवमा समेत सो आयोजनाका लागि रु दुई अर्ब पाँच करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com