ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय रक्षामन्त्री राजनाथ सिंहले आज तीनवटै सेनाका प्रमुखसँग विशेष बैठक गरे


एबीसी न्यूज
जेष्ठ १३, २०७७ मंगलबार  ८ : ४० बजे

एजेन्सी । पछिल्ला दिनमा चीन र नेपालसँग सुरु भएको विवादका विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले आज तीनवटै सेनाका प्रमुखसँग विशेष बैठक गरेका छन् । चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतसहित भारतका तीनवटै सेनाका प्रमुखसँग रक्षामन्त्री सिंहले विशेष बैठक गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय समाचार संस्था आजतकले चीन र नेपालसँगको विवादकाबीच भएको आजको विशेष बैठकमा अतिक्रमित क्षेत्रमा बनाएको सडक निर्माण जारी राख्ने निर्णय भएको जनाएको छ ।

झण्डै एक घन्टासम्म चलेको बैठकमा नेपाल र चीनसँग पछिल्ला दिनमा देखिएको विवादका विषयमा छलफल भएको छ । नेपाली भूमि अतिक्रमण गरेर भारतीय सेनाले सडक बनाएपछि नेपालले आपत्ति जनाएको थियो । तर भारतले उक्त भूमि आफ्नो भएको दावी गरेको छ ।

नेपालको भूमिमा बनाएको सडक केहीदिन अघि सिंहले नै उद्घाटन गरेका थिए । भारतीय सेनाले उक्त सडक बनाइरहेको छ । नेपाली भूमि अतिक्रमण गरेर सडक नै उद्घाटन गरेपछि नेपालले त्यसको जवाफमा नेपालस्थित भारतीय राजदूतलाई बोलाएर कुटनीतिक नोट दिएको थियो । लगत्तै भारतले अतिक्रमण गरेको क्षेत्र समावेश गरेर नेपालले नयाँ नक्सा जारी गरेको छ ।

नेपालसँगको विवाद चल्दै गर्दा पछिल्लो समय चिनियाँ जनमुक्ति सेना र भारतीय सेनाबीच लद्दाख लगायत विभिन्न ठाउँमा झडप हुन थालेको छ । आजको बैठकले कुटनीतिक तवरबाट चीनसँगको जारी विवाद हल गर्ने निष्कर्ष निकालेको आजतकले जनाएको छ ।

लद्दाख क्षेत्रमा चीनले झण्डै ५ हजारको हाराहारीमा जनमुक्ति सेना खटाएको छ । भारतले पनि हजारौँ सैनिकलाई लद्दाखमा केन्द्रित गरेको छ ।

सिक्किमको नाकू ला, लद्दाख र उत्तराखण्डमा भारत र चीनबीच तनावपूर्ण स्थिति बनेको छ । वास्तविक नियन्त्रण रेखा एलएसीमा टकरावको स्थिति उत्पन्न भएको छ । आजमात्रै चिनियाँ सेनाले भारतीय सेनामाथि ढुंगामुढा बर्साएको भारतले आरोप लगाएको छ ।

केहीदिन अगाडि चिनियाँ जनमुक्ति सेनाले भारतीय सुरक्षा फौजको एक टोलीलाई नियन्त्रणमा लिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो एक महिनामा दुवै पक्षबीचमा ५र६ पटक सामान्य खालका झडपसमेत भइसकेको छ ।

यसैबीच काँग्रेस नेता राहुल गान्धीले नेपाल चीन बोर्डरमामा भइरहेका गतिविधिका विषयमा सरकारसँग जवाफ माग गरेका छन् । उनले सत्यता सम्पूर्ण भारतीय समक्ष राख्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

विश्वले नियालिरहेको वार्ता: इस्लामाबादमा कस्तो छ तयारी

इरानसँगको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान आउने

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

मध्य पूर्वको द्वन्द्वका कारण तान्जानियामा इन्धनको मूल्य वृद्धिले जनता मर्कामा

इस्तानबुलस्थित इजरायली महावाणिज्य दुतावास नजिक आक्रमणः १ आक्रमणकारीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com