ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिमा सक्रिय बन्दै युवा


एबीसी न्यूज


तानसेन, १३ जेठ । बन्दाबन्दीका समयमा पाल्पाका युवा कृषिमा सक्रिय बनेका छन् । यहाँका विभिन्न स्थानमा तरकारी, फलफूल खेती तथा पशुपक्षी पालन गर्ने कृषकको संख्या बढेको छ ।

जिल्लामा व्यावसायिक फार्म दर्ता गर्ने तथा आफूखशी तरकारी खेती गरेर गाउँमै बिक्री हुने भएपछि यसप्रति आकर्षण बढेको हो । मौरी, कुखुरा, बङ्गुर, गाई, भैंसीपालन तथा मौसमी –बेमौसमी तरकारी खेतीमा युवाको आकर्षण देख्न सकिन्छ ।

तानसेन नगरपालिका–१४ अर्गलीका कृषक निर्मल राना बन्दाबन्दीका समय खेतबारीमै भेटिनुहुन्छ । करीब २५ रोपनी जग्गामा विभिन्न तरकारी खेती गर्नुभएका राना वर्षमा करीब रु २० लाख आम्दानी गर्नुहुन्छ । जिल्लामै उदाहरणीय कृषकका रुपमा परिचित रानाले २०७४ सालमा कृषि फार्म दर्ता गरेर खेती गर्दै आउनुभएको हो । बारीमा उत्पादित करेला, टमाटर, काँक्रालगायत मौसमी तथा बेमौसमी तरकारी बिक्रीका लागि बजारको समस्या नभएको रानाको भनाइ छ ।

रामपुर नगरपालिका –८ एक्लेटारमा नागिनी एग्रो एण्ड रिसर्च सेन्टर सञ्चालन गर्नुभएका नरनारायण अर्यालको गोठमा अहिले ५७ भैंँसी छन् । गत वर्षदेखि व्यवसाय थाल्नुभएका अर्यालले यसअघि दैनिक २४० लिटरसम्म दूध बिक्री गरे पनि अहिले भने दाना र घाँसको माग भएजति पु¥याउन नसक्दा दैनिक चार लिटर दूध दिने भैंसीले जम्मा दुई लिटर दिने गरे पनि सन्तुष्ट नै हुनुहुन्छ । करीब रु एक करोड ४० लाख लगानी गरेर भैंँसी पाल्नुभएका अर्याल राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।

जिल्लामा केही स्थानीय तहले युवालाई कृषिमा आकर्षण गर्न विभिन्न योजना अघि सारेका छन् । विश्व नै कोरोना भाइरसको महामारीसँग लडिरहेका बेला घरमै खाली समय बिताउनुभन्दा खेतबारीमा काम गर्दा समय बिताउन सहज हुने र आम्दानी पनि हुने कृषक बताउँछन् । निस्दी गाउँपालिकाबाट प्लाष्टिक टनेल निर्माण गर्न अनुदान पाएसँगै ६ हाइटेक टनेलमा लालबहादुर खन्गाहाले पनि टमाटर खेती गर्नुभएको छ । विदेशबाट फर्केर गाउँमै तरकारी खेती थाल्नुभएका खन्गाहाको यस वर्ष तरकारी बेचेरै करीब  पाँच लाख कमाउने लक्ष्य छ ।
बन्दाबन्दीमा तरकारी बिक्री गर्न समस्या भएपछि स्थानीय तहले गाउँगाउँमा कृषि एम्बुलेन्स सञ्चालन गरेका छन् जसले तरकारी बिक्री गर्न कृषकलाई सहज भएको छ । रम्भा र माथागढी गाउँपालिका तथा रामपुर नगरपालिकामा सञ्चालित कृषि एम्बुलेन्सले गाउँका तरकारी गाउँमै बिक्री गरिरहेका छन् । यसरी बन्दाबन्दीमा पनि गाउँमा उत्पादित प्राङ्गारिक तरकारी खान पाउँदा उपभोक्ता पनि खुशी छन् । यसअघि तानसेन नगरपालिका, बगनासकाली गाउँपालिकालगायतले पनि कृषि एम्बुलेन्स सेवा दिएका थिए ।

स्थानीय सरकारको बाँझो जमीनमा खेती गर्नेलाई अनुदान दिने कार्यक्रमले पनि कृषकलाई उत्साहित बनाएको छ । रामपुर नगरपालिकाले बाँझो जग्गामा मकै छर्नेलाई प्रतिरोपनी रु तीन हजार र मौसमी तरकारी खेती गर्नेलाई रु पाँच हजार अनुदान दिने भएको छ । जिल्लाका रैनादेवी छहरा तथा माथागढि गाउँपालिकाले पनि बाँझो जमीनमा खेती गर्नेलाई अनुदान दिने भएका छन् ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बाँझो जमीनमा अन्न वा तरकारी खेती गर्नेलाई रु तीन हजार तथा कागती, सुन्तलालगायत फलफूल खेती गर्ने कृषकलाई रु दुई हजार दिइने बताउनुभयो । विदेशबाट आउने स्थानीय तहका नागरिकलाई लक्षित कृषि अनुदान, जमीन र माटोको प्रकृति हेरेर पकेट क्षेत्रका रुपमा विकास गर्ने योजनाले पनि कृषकलाई समेटेको छ । पूर्वखोला गाउँपालिकाले केही क्षेत्रलाई कागती, सुन्तला, अलैँची र कफीको पकेट क्षेत्र, निस्दीलाई चिउरी, दालचिनी, टिमुर र अदुवा तथा रामपुरलाई बेसार, केरा र आलुखेतीका लागि मुख्य क्षेत्र बनाउने योजना छ । जिल्लाका अन्य तहले पनि कृषिको विकासमा दीर्घकालीन योजना तयार गरेका छन् ।
पछिल्लो समय सामूहिक खती गरेर फाइदा उठाउने युवा पनि धेरै छन् ।

करीब १० समूहले सामूहिक आलु खेती गरेको र बिक्रीका लागि वडाले व्यवस्थापन गरिदिएपछि कृषकलाई सहज भएको रामपुर– ६ का वडाध्यक्ष हुमनाथ न्यौपानेको भनाइ छ । नदी किनारा आयआर्जन समूह रामपुरले यस वर्ष करीब नौ रोपनी जग्गामा सामूहिक आलु उत्पादन गरेर करीब रु ७० हजार आम्दानी गरेको छ ।
पाल्पा, पूर्वखोला गाउँपालिकाका २८ घरधुरीले पनि सामूहिक रुपमा खेती गरेका छन् । पूर्वखोला, हेक्लाङका कृषक सामूहिक खेतीबाट वर्षभरि लाखौँ आम्दानी लिन सकिने हुँदा निकै उत्साहित भएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com