ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दर्ता भएको एक वर्षपछि एमसिसी सम्झौता सदनको कार्यसूची बन्दै


एबीसी न्यूज
जेष्ठ १२, २०७७ सोमबार  ५ : १८ बजे


काठमाडौँ, १२ जेठ।  दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता सङ्घीय संसद्को कार्यसूचीमा पर्ने भएको छ । सो सम्झौताबारे राजनीतिकरुपमा बहस भएसँगै र केही महिना सभामुखको रिक्तताका कारण संसद्को अघिल्ला अधिवेशनमा प्रस्ताव पेश हुन नपाए पनि चालू छैटौँ अधिवेशनमा कार्यसूचीका रुपमा प्रवेश पाउने भएको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र सो सम्झौता यथावत्रुपमा पारित नगर्न आवाज उठेकाले सो प्रस्ताव थन्किएको थियो । नेकपाको गत माघ १५ देखि १९ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले सोबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य भीमबहादुर रावल र परराष्ट्रन्त्री प्रदीपकुमार ज्ञवाली रहेको अध्ययन कार्यदल गठन गरेकामा त्यसले गत फागुन ९ गते नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन दिइसकेको छ । कार्यदलले संशोधनसहित सम्झौता पारित गर्न सुझाव दिएको थियो । सोही विषयमा नेकपाका सचिवालयको गत शनिबारको अनौपचारिक बैठकमा केही स्थायी कमिटीका सदस्यसहितलाई आमन्त्रण गरिएको र एमसिसी सचिवालयका कर्मचारीले ब्रिफिङ गरेका थिए ।

उक्त सम्झौता एशिया प्रशान्त रणनीतिको अङ्ग हो भने नेपालले पारित गर्न नहुने तर्क नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्मको स्थायी कमिटीमा उठाइएको थियो ।

कूल करीब रु ६४ अर्बको सो परियोजनामा करीब ५१ अर्ब अमेरिकी र रु १३ अर्ब ९१३० मिलियन अमेरिकी डलर० नेपाल सरकारको लगानी हुनेछ । दुई पक्षबीच सन् २०१७ सेप्टेम्बर १४ मा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासबीच ‘कम्प्याक्ट सम्झौता’ भएको थियो ।

नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासका लागि सञ्चालित उक्त सम्झौतामा सङ्घीय संसद्को दुवै सदनबाट अलगअलग रुपमा पारित हुनुपर्ने भएकाले सरकारले संसद् सचिवालयमा गत वर्ष असार ३१ गते दर्ता गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले यसबारे हालसम्म सार्वजनिक प्रतिक्रिया दिनुभएको छैन । सरकारले सदनमा सो प्रस्ताव छलफलमा ढिलाइ गर्न नहुने जनाउँदै आएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि सो सम्झौता चाँडो पारित गर्न आग्रह गर्दै आएको छ । कुनै पनि मुुलुकसँग भएको सन्धिसम्झौता संसद्ले पारित गर्नुपर्ने हुन्छ ।

हाल प्रतिनिधिसभामा दर्ता भएको सो सम्झौता प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएपछि सन्देशसहित राष्ट्रियसभामा पठाइनेछ । यो सम्झौता लागू भएको मितिले पाँच वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले राजनीतिक सहमति प्राप्त भई सभामुखले कार्यसूचीका रुपमा अगाडि बढाउन कुनै बाधा नभएको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘सो प्रस्ताव हाल विचाराधीन छ । सभामुखको निर्देशनपछि कार्यसूचीका रुपमा प्रवेश पाउनेछ’, डा पाण्डेले भन्नुभयो । संसद् सचिवालयमा दर्ता भएको कुनै पनि प्रस्ताव छलफलका लागि परिपक्व हुन कम्तीमा पाँच दिन समय लाग्छ । सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संसद्को मूल बैठकमा सैद्धान्तिक छलफलपछि संशोधन आएमा सम्बन्धित समितिमा लगेर विधेयकसरह छलफल हुन सक्ने जनाउनुभयो ।

सम्झौतामा काठमाडाँैंको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्म, रातमाटेदेखि हेटौंँडासम्म, रातमाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवलसम्म र बुटवलदेखि भारतको सिमानासम्मको खण्डमा चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण तथा रातमाटे, दमौली र बुटवलमा तीन सबस्टेशन निर्माण गरिने उल्लेख छ । संसद्बाट पारित सरकारको नीति तथा कार्यक्रममा प्रसारण विस्तारको विषय उल्लेख छ ।
यसैगरी पूर्वपश्चिम राजमार्गको कपिलवस्तु जिल्लाको चन्द्रौटादेखि लमही हुँदै बाँके र दाङ जिल्लामा पर्ने शिवखोलासम्म कुल १०० किलोमिटर सडकको स्तरोन्नति गरिनेछ । बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइनको नेपाल भारत सीमासम्मको निर्माणका लागि सहायता उपयोग गरिने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com