ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगित


एबीसी न्यूज


काठमाडौं, ६ जेठ । लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनमा सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि परीक्षा कार्यक्रम स्थगन गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

आयोगले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापनको हकमा नयाँ कार्यतालिका निर्धारण गरी पछि प्रकाशन गर्ने निर्णय गरेको छ । यसैगरी आयोगले कुनै चरणको परीक्षा कार्यक्रम ९प्रथम चरण परीक्षा÷लिखित परीक्षा÷प्रयोगात्मक परीक्षा आदि० पूर्ण वा आंशिकरूपमा सञ्चालन भएका विज्ञापनका हकमा स्थिति सामान्य भएपश्चात बाँकी सम्पूर्ण परीक्षाको नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिने निर्णय गरेको सहायक प्रवक्ता सुदेवीले जानकारी दिनुभयो ।

यसअघि सरकारले कोरोना भाइरसका कारण गत वैशाख १४ गते सिर्जना भएको स्वास्थ्य–सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै आयोगबाट सञ्चालन हुने लिखित परीक्षा, अन्तर्वार्तालगायतका सम्पूर्ण परीक्षा कार्यक्रम तथा विज्ञापनसमेत अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्न अयोगलाई अनुरोध गरेअनुसार आयोगले स्थगन गरेको थियो ।

उहाँका अनुसार आयोगको स्वीकृत वार्षिक कार्यतालिका बमोजिम विज्ञापन हुन बाँकी रहेका पदहरुको विज्ञापन प्रकाशनको कार्य हाललाई स्थगन गरेको छ । आयोगले गत फागुन २८ गते प्रकाशित राजपत्र अनङ्कित द्वितीय श्रेणी ९अप्राविधिक० खरिदार वा सोसरह पदका लागि भएका विभिन्न विज्ञापनमा दरखास्त लिने कार्य यही जेठ ९ गते शुक्रबारदेखि बन्द गर्ने निर्णय गरेको छ । दरखास्त बुझाइसकेका तर दरखास्त दस्तुर बुझाउन बाँकी उम्मेदवारका लागि स्थिति सामान्य भएपश्चात निश्चित अवधि तोकी दस्तुर बुझाउने प्रबन्ध गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार ।न्याय सेवा आयोगको क्षेत्राधिकार भएका न्याय सेवाका पदका विज्ञापनको हकमा स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गर्ने भएको छ । यसैगरी आयोगले सुरक्षा निकाय तथा सङ्गठित संस्थाको लिखित परीक्षा स्थिति सामान्य भएपश्चात मात्र गर्ने भएको छ । आयोगले कुनै पनि चरणको परीक्षा कार्यक्रम ९शारिरीक तन्दुरुस्ती परीक्षण, आइक्यू परीक्षा, प्रथम चरण परीक्षा, लिखित परीक्षा वा अन्य यस्तै प्रकारका परीक्षाहरु० भइसकेका वा परीक्षा प्रक्रियामा प्रवेश गरिसकेका निकाय÷संस्थाका लिखित परीक्षा सञ्चालन हुन बाँकीको स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरी सार्वजनिक गरिने सहायक प्रवक्ता सुदेवीले जानकारी दिनुभयो ।

उहाँले सम्बन्धित निकाय÷संस्थाबाट विज्ञापन प्रकाशन गरिसकेको तर आयोगबाट परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका निकाय÷संस्थाका विज्ञापनको परीक्षा कार्यक्रम नेपाल सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि स्थगन गरिको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com