ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिजि कम्पनीको चरम लापरवाही : श्रमिको जीवनमाथी खेलवाड, सरकारले तोकेको मापदण्ड पुरा नगरि उधोग संचालन


एबीसी न्यूज
जेष्ठ ५, २०७७ सोमबार  ८ : ४८ बजे

काठमाडौँ, ५ जेठ । सरकारले तोकेको मापदण्ड विपरित काममा लगाएको भन्दै नवलपुरको देवचुली नगरपालिकामा अवस्थित चौधरी उद्योगका श्रमिक शुक्रबार बिहान देखि आन्दोलनमा उत्रिएका छन् ।

सरकारले तोकिएको मापदण्ड पुरा गरि उद्योग संचालन गर्न अनुमत दिएपनि उद्योगले सरकारले तोकेको मापदण्ड पुरा नगरि जोखिम बढाएको उनिहरुको आरोप छ । यस अघि २ सय ५५ मजदुरहरुलाइ काममा लगाउने गरि उद्योग संचालन शुरु गरेपनि त्याहा अहिले ६ सय भन्दा बढी मजदुर कार्यरत रहेको भन्दै स्थानीय र मजदुरले बिरोध जनाएका हुन् ।

जिल्ला प्रशाशन कार्यालय नवलपुर र देबचुली नगरपालिकाले सो बिषको अनुगमन गर्ने भनेपनि अनुगमन नगरि उद्योग संचालन गर्न दिएको नाम उल्लेख नगर्ने सर्तमा एक मजदुरले जानकारी दिए । श्रमीकहरुले विना सुरक्षा काममा लगाएका कारण आफुहरु जोखिममा परेको गुनासो गरेका छन् । संचारकर्मीको सम्पर्कमा आएका ति मजदुरले भने,“भारत लगाएत कोरोनाको उच्च जोखिममा रहेका जिल्लाबाट मालबाहल ट्रक आउँछन् , त्यसका चालकहरु संगै बस्छन् , खान्छन् ।

हामी जोखिममा छौं । ” उनले उद्योग व्यवस्थापनले मजदुरहरुको सुरक्षाका लागि वेवास्ता गरेको बताए । उद्योगले अहिले त्यहा कार्यरत मजदुरहरुलाइृ घर जान दिएको छैन । खाने बस्ने लगायतको प्रवन्ध उद्योग भित्रै गरिएको छ । तर श्रमीकहरुले भने खानाको उचित प्रवन्ध नभएको , सुत्नका लागि बनाईएको क्वारेण्टाईनमा क्षमता भन्दा तेव्वर मान्छे सुत्न परेको , सामाजिक दुरी कायम नभएको लगायतका ग्नासो गरेका छन् । श्रमिकहरुल आफुहरुको उचित प्रवन्ध गन नसके आफुहरुलाइृ घर जान दिन माग गरेका हुन् ।

सिजि कम्पनीका मालिक विनोद चौधरी नेपाली कांग्रेसबाट मनोनित सांसद समेत हुन । उनको कम्पनीमा कार्यरत मजदुरहरुको जीवनमाथी नै यसरी खेलवाड गरिनु राज्यको उच्च पदमा रहेका ब्यक्तिले यसरी लापवार्ही गरिनु पक्कैपनि कानुन मान्दीन भन्नु जस्तै हो । राज्यले कोरोनाको सन्त्रास पछि एउटा मापदण्ड बनाएर उधोग संचालन गर्ने नीति नियम बनाएपनि उक्त नियम लागु नगरेरै यसरी मजुरलाई काम गराउनु चरम लापवार्ही भएको स्थानीय एक संचारकर्मी बताउछन् । उनी भन्छन – यो समस्या पहिलेबाटै छ यस उधोगमा कुनैपनि मापदण्ड पुरा नगरि संचालन गरिएको छ ।

बिहिबार साँझ स्थानीयहरुले समेत श्रमिकहरुलाइ उचित प्रवन्ध गरेर राख्न माग गर्दे प्रर्दशन गरेका थिए । चौधरी उद्योगका महाप्रवन्धक रामकाजी सिटौलाले आफुहरुले मापदण्ड अनुसारनै उद्योग संचालन गरेको बताउनुभयो ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सरकारले तोकेको मापदण्ड अनुसार उद्योग संचालन गर्न आफुहरुले भनेको बताउनुभयो । उहाले भन्नुभयो “मापदण्ड पुरा गर्ने पर्छ ,श्रमिकको सुरक्षामा ध्यान दिन पर्छ ।” जिल्ला प्रशासन कार्यालयले मापदण्ड पुरा गरेर मात्र संचालन गर्न अनुमती दिएको भन्दै मापदण्ड पुरा नगरी उद्योग संचालन गर्न नपाईने घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com