ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोनाबाट ४७ लाख १७ हजार भन्दा बढी संक्रमित, ३ लाख १२ हजारको मृत्यु


एबीसी न्यूज

काठमाडौं, ४ जेठ । विश्वभर फैलिएको कोरोना भाइरसबाट ४७ लाख १७ हजार ७ सय ८० जना संक्रमित भएका छन् । वल्र्डमिटरका अनुसार आइतबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा उच्च छ। त्यहाँ १५ लाख ७ हजार ९ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुसमा २ लाख ७२ हजार ४३, बेलायतमा २ लाख ४१ हजार ४ सय ६१, ब्राजिलमा २ लाख ३३ हजार १ सय ४२, स्पेनमा २ लाख ३० हजार ६ सय ९८, इटालीमा २ लाख २४ हजार ७ सय ६० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख १२ हजार ३ सय ९२ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। सर्वाधिक मृत्यु हुने देशको सूचीमा पनि अमेरिका नै अगाडि छ। त्यहाँ ८९ हजार ६ सय ३ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, बेलायतमा ३४ हजार ५ सय ४६, इटालीमा ३१ हजार ७ सय ६३, स्पेनमा २७ हजार ५ सय ६३, फ्रान्समा २७ हजार ५ सय ३२, ब्राजिलमा १५ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, विश्वभर १८ लाख १० हजार १ सय १९ संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने देशको सूचीमा पनि अमेरिका नै अघि छ। त्यहाँ ३ लाख ३९ हजार ३ सय ७३२, जर्मनीमा १ लाख ५२ हजार ६ सय, स्पेनमा १ लाख ४६ हजार ४ सय ४६, इटालीमा १ लाख २२ हजार ८ सय १० जना संक्रमणमुक्त भएका छन्। नेपालमा भने २ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ३६ जना संक्रमणमुक्त भएका छन्। नेपालमा कोरोना संक्रमणपछि एक जनाले ज्यान गुमाएका छन्। शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com