ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरुवा रोग परिक्षण अस्पताल केन्द्र र ७ वटै प्रदेशमा स्थापना गर्ने


ABC NEWS
जेष्ठ २, २०७७ शुक्रबार  ५ : ५३ बजे

काठमाडौं २ जेठ — विश्वभर कोभिड–१९ ले महामारीको रुप लिएका बेला नेपाल सरकारले प्रयोगशाला परीक्षणसहितको केन्द्रीय र प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने कार्यक्रम घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोगशाला परीक्षण सेवासहितको ३ सय शैय्याको केन्द्रीय र ५० शैयाको प्रदेश स्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने उल्लेख गर्नुभएको हो ।
प्रदेशस्तरमा रहेका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० शय्याको अस्पताल र अञ्‍चल अस्पतालाई २ सय शय्याको जनरल अस्पतालमा स्तरोन्नती गर्ने सरकारले नीति तथा कार्यक्रममा समेटिएको छ ।

सरकारले पोखरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी, नारयणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालहरुबाट उपलब्ध सेवाहरुलाई थप विस्तार गरेर केन्द्रीय अस्पतालालई ५ सय शय्याको अस्पतालमा विस्तार गर्न‍े योजना अघि सारेको छ ।

यस्तै केन्द्रीय अस्पतालहरुमा गरिब तथा विपन्नहरुलाई प्रारम्भिक तहको सेवा निःशुल्क उपलब्ध गराइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । कार्यक्रममा एकीकृत एम्बुलेन्स सेवाको विस्तार र प्रमुख राजमार्गहरुमा ट्रमा सेन्टरको विस्तार गर्ने उल्ल्ेख गरिएको छ ।
आगामी तीन वर्षमा सबै नागरिकको स्वास्थय विमा गर्ने समेत सरकारले स्वास्थ्य नीति अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सिरहामा गोली प्रहार गरी युवकको हत्या

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु –प्रचण्ड

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com