ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७७/७८ को नीति तथा कार्यक्रमहरुको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १९ वटा नयाँ कार्यक्रम प्रस्ताव


एबीसी न्यूज

काठमाडौं. २ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमहरुको लागि १९ वटा नयाँ कार्यक्रम प्रस्ताव गरेको छ ।

ती १९ वटा कार्यक्रमको सञ्चालनको लागि आगामी आर्थिक वर्ष २८ अर्ब ३१ करोड ८२ लाख बजेट अनुमान गरेको छ । अन्य नियमित कार्यक्रम र चालु खर्चका लागि ५४ अर्ब ८३ करोड रुपैयाँ प्रस्ताव पेश गरेको छ ।

सरकारले महामारी तथा स्वास्थ्य विपद व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत १ अर्ब रुपैयाँको आपतकालीन कोष खडा गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरि कोभिड(१९ जस्ता संक्रामक रोगको उपचार कार्यका लागि अत्याधुनिक प्रयोगशालासहित केन्द्रमा ३०० र प्रदेशमा १००र१०० शय्याको सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्न ३ अर्ब ४० करोड रुपैयाँ प्रस्ताव गरेको छ । त्यस्तै प्रयोगशाला स्थापनाका लागि ४ अर्ब ७५ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

त्यसैगरि मन्त्रालयले संघमा राष्ट्रिय रोग नियन्त्रण केन्द्र(नेपाल ९ऋभलतचभ ायच म्ष्कभबकभ ऋयलतचय िल्भउब(िऋम्ऋ ल्भउब०ि को स्थापना गर्ने र सबै प्रदेशमा प्रादेशिक रोग नियन्त्रण केन्द्रहरू स्थापना गरी रोगको रोकथाम तथा नियन्त्रणलाई थप सशक्त बनाउन ५ करोड रुपैयाँ प्रस्ताव गरेको छ ।

यस्तै मेडिकल तथा सर्जिकल सामग्री र चिकित्सकीय प्रयोगमा आउने इलेक्ट्रोनिक सामग्रीको गुणस्तर जाँच तथा नियमन गर्न एक स्वायत्त नियमनकारी संस्था नेपाल खाद्यथ तथा औषधि एडमिनिस्ट्रेशन ९फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन नेपाल ९एफडीए नेपाल० स्थापना गर्ने प्रस्ताव पनि स्वास्थ्य मन्त्रालयले पठाएको छ । यसका लागि ५ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

यस्तै स्वास्थ्य संस्थाहरु र स्वास्थ्य सेवाको गुणस्तरलाई मापन गरी प्रमाणीकरण गर्न अधिकार सम्पन्न नियमनकारी संस्था राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण – नेशनल हेल्थ एक्रिडिटेसन अथोरिटी स्थापना गर्ने प्रस्ताव अघि सारेको छ । यसका लागि पनि ५ करोड बजेट प्रस्ताव गरेको छ ।

त्यसैगरि अस्पताल नभएका प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरूमा आधारभूत अस्पताल स्थापना गर्नको ७ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

सञ्चालनमा रहेका मेडिकल कलेजद्वारा अनिवार्य रूपमा कम्तीमा एउटा जिल्लास्थित अस्पतालमा शल्यचिकित्सा सहितको सेवा उपलब्ध गराउने तथा तोकिएका अस्पतालले लागत सहभागितामा नियमित रूपमा स्याटेलाइट अस्पताल सञ्चालन गर्नको लागि १० करोड रुपैयाँ बजेट माग गरिएको छ ।

यस्ता छन् मुख्य बुँदा

१। एक स्थानीय तह, एक एम्बुलेन्सका लागि १० करोड ।

२। तोकिएका कडा रोगका बिरामीको निःशुल्क स्वास्थ्य विमाका लागि ३ करोड थप्ने ।

३। ४० वर्ष माथिका हरेक नागरिकको ६ महिनामा एक पटक ग्लुकोज र अलबुमिन निःशुल्क जाँच गर्ने ।

४। विद्यालय स्वास्थ्य कार्यक्रममा शारीरिक व्यायाम र योगअभ्यास अनिवार्य गर्न ३ करोड ।

५। महामारी तथा स्वास्थ्य विपतका लागि १ अर्बको कोष स्थापना गर्ने ।

६। संघमा ३ सय सैय्याको अस्पताल र प्रदेशमा १ सय शय्याको अत्याधुनिक प्रयोगशालासहितको सरुवा रोग अस्पताल बनाउने ८ अर्ब १५ करोड खर्च गर्ने ।

७। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा हेल्थ डेक्स राख्न ३० करोड ।

८। एक लाखभन्दा बढी नेपाली कामदार भएको मुलुकमा स्वास्थ्य सहचारी राख्ने ५ करोड ।

९। राष्ट्रिय रोग नियन्त्रण केन्द्र नेपाल र प्रादेशिक रोग नियन्त्रण केन्द्र स्थापना गर्न पूर्वाधारका लागि ५ करोड ।

१०। स्वास्थ्य सेवा संगठनको पुनर्संरचना गर्ने १२ लाख ७। खाद्य तथा औषधी व्यवस्थापन नेपाल गठन गर्न भौतिक पूर्वाधारका लागि ५ करोड ।

११। स्वास्थ्यका विभिन्न ऐन, गठन आदेश र प्रतिष्ठानका ऐनहरुलाई मिलाएर छाता ऐन बनाउन २० लाख ।

१२। प्रत्येक वडामा स्वास्थ्य संस्थालाई निरन्तरता दिन ७ अर्ब ।

१३। एक मेडिकल कलेजले एक जिल्लामा शल्यक्रियासहितको सेवा दिन १० करोड ।

१४। दुर्गमको एक स्थानीय तह एक एमबीबीएस विद्यार्थी उत्पादनका लागि १० करोड ५० लाख ।

१५। संघअन्तर्गतका अस्पताल र केन्द्रहरुमा आकस्मिक सेवा निःशुल्क गर्न १४ करोड ।

१६। राजमार्गको एक घण्टाको दूरीमा ट्रमा सेन्टर स्थापना गर्न १० करोड ।

१७। एक चिकित्सक, एक स्वास्थ्य संस्थाका लागि ९ अर्ब ।

१८। स्थानीय स्वास्थ्य संस्थाबाट ७० वर्ष माथिकालाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्न २ करोड ५० लाख ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com